आमा,छोरी,र भदैनीको डाँका द्वारा भिभत्श हत्या

Read Time:2 Minute, 27 Second

भैरब आङ्ला / धरान

संखुवासभाको पाथीभरा–१ मा आमा ३५ बर्षीया काली शेर्पा,उनकै छोरी ८ बर्षीया मिङकिपा शेर्पा र भदैनी छोरी ४ बर्षीया ओङमु शेर्पाको माघ १६ गते राती अज्ञात समुहले खुकुर प्रहार गरी हत्या गरेका छन् । घर भित्र हत्या गरी ढोकामा ताला लगाएको अवस्था भए पछि परिवारले खोजी गर्ने क्रममा बिहिबार घटना थाहा भएको  हो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक यमनाथ अधिकारीको टोली पुगेको छ । घटना कस्ले किन गराएको भन्ने पत्ता नलागेको र अनुसन्धान तिब्र बनाइएको इन्स्पेक्टर अधिकारीले बताउनुभयो । ४ छोरीकी आमा रहेकी काली शेर्पाको २ छोरी मोरङमा पढ्न गएको र एक छोरी खाँदबारीमा मामाघरमा रहेको थियो उनीसँग भएको उनको माइली छोरी र भाइ जीतबहादुर शेर्पाको छोरीको हत्या भएको हो । खुकुरी प्रहार गरी कान समेत काटी मृतकसँग भएको ५ तोला सुन लगेको प्रहरीले जनाएको छ । उनका पति नुर्वु शेर्पा(शम्भु) भने २ बर्ष देखि मलेसियामा मजदुरीका लागि गएका छन् ।

यस्तै तेह्रथुममा एक जना युवाले मादक पदार्थ सेवन गरी खुकुरी प्रहार गरेर आफ्नै भाइकोहत्या गरेका छन् । 

जिल्लाको चुहानडाँडा २ बस्ने अन्दाजी वर्ष १८ का केदार खातीले आफ्नै १४ वर्षीय भाइ भक्त खातीको टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । हिजो साँझ मादक पदार्थ सेवन गरी टाउकोमा खुकुरी प्रहार पछि घाइते भएका भक्त खातीलाई उपचारलागि स्थानीय स्वास्थ्य चौकीमा लगिएपनि गयरातीनै ज्यान गएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %