देब पचभैया पाल्पा,
माघ २१ , तानसेन टुँडिखेल मैदानमा आज सम्पन्न रेडवुल लिग जिल्ला स्तरीय फुटबलको उपाधी युथ युनियन रातो तानसेनले हात पारेको छ । रामपुर युनाइटेडलाई २ का बिरुद्ध ३ गोल गर्दे युथ युनियन बिजयी भएको हो ।
निर्धारित समयमा दुबै पक्ष बाट २,२ गोल भएपछि थपिएको अतिरिक्त समयमा युथ युनियनले थप एक गोल गरेको थियो ।
बिजयी युथ युनियनकातर्फबाट मोहन श्रेष्ठ, रविन थापा र दिपक रजालीले गोल गरका हुन् भने उपविजयी रामपुरका तर्फबाट दिनेश थापा र माधव सुनारले गोल गरेका थिए ।
बिजेता लाई पाल्पाका प्रमुख जिल्ला अधिकारी शिबराज जोशी, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख शिबराज श्रेष्ठ, तानसेन नगरपालिकाका कार्यकारी अधिकृत निरन भट्राईर राष्ट्रिय अनुसन्धान पाल्पाका प्रमुख जित बहादुर घले र फुटवल संघ पाल्पाका अध्यक्ष भिमसेन कार्कीले १५ हजार नगद, शिल्ड र प्रमाण पत्र र उपबिजेतालाई १० हजार शिल्ड र प्रमाण पत्रले पुरस्कृत गरे ।
जिल्लाका १६ समुहले सहभागीता जनाएको फुटवल प्रतियोगितामा बिजयी युथयुनियन रातो तानसेनलाई आगामी २८ गते नुवाकोटमा हुन लागेको क्षेत्रिय प्रतियोगितामा सहभागीता गराईने प्रतियोगिता आयोजक जिल्ला फुटवल संघ पाल्पाका अध्यक्ष भिमसेन काकीले जानकारी दिए ।
सबै टीमलाई चार पुलमा विभाजन गरेर लिग खेलाइएको थियो भने अंकका आधारमा सेमिफाइनल प्रवेश गराईएको थियो । आजको प्रतिस्पर्धा हेर्न ३ हजार बढी दर्शकहरुको सहभागीता थियो ।
