भैरब आङ्ला,
धरान , मन्त्रिपरिषदका अध्यक्ष तथा प्रतिष्ठानका कुलपति खिलराज रेग्मीले नेपालमा स्वास्थ्य सेवाको पहुच सुनिश्चित गर्न चिकित्सा सेवाको विकेन्द्रिकरण आवश्यक रहेको बताए।
सुनसरीको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं दिक्षान्त समारोहको अध्यक्षता गर्दै चिकित्सा सेवाको विकेन्द्रिकरणको उद्देश्यमा पुग्न स्वास्थ्यकर्मीले आफुलाई देशका विपन्न वर्गको सेवा र दुर्गम भेगमा पनि सेवा गर्ने प्रण गर्नुपर्छ भनेका थिए।
एमविविएस, एमडीएमएस, एमएसी, विडिएस, विएसी नर्सिङ लगायत ४ सय ९७ जना दिक्षित सो समारोहमा गोकुल एजुकेसन फाउण्डेसन वैगलोर भारतका कार्यकारी निर्देशक डा. के एन शर्माको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा रेग्मीले प्रतिष्ठानवाट हासिल गरेको ज्ञान, सीप र क्षमता देशका सुगम दुर्गम जुनसुकै भागमा रहेका जनताको सेवामा पुर्ण समर्पण गर्न समेत आग्रह गरे । दिक्षान्त समारोह पछि रेग्मी सुनसरीको चतरामा भएका जगत गुरु वालसन्त मोहनशरणलाई भेटन गएका थिए ।
