वावुद्धारा छोरीको हत्या

Read Time:2 Minute, 29 Second

नवलपरासी ,

२० माघ , नवलपरासीको वेनीमणीपुर गासिव २ ढुडेमा आफ्नै वावुले छोरीको हत्या गरेका छन् । ५९ वर्षका कृष्ण सापकोटाले ३५ वर्षिय छोरी लक्ष्मी सिंह ठकुरीको हत्या गरेका हुन् ।

छोरी लक्ष्मी दुई दिनदेखि गाउंमा नेदेखिएपछि गाउंलेले प्रहरीमा उजुरी दिएका र उजुरी पछि उनलाई खोज्ने क्रममा उनका बाबुले नै हत्या गरेको रहस्य खुलेको हो ।

करीब ९ महिनाबाट माईतीमै बस्दै आएकी छोरी र वुबा बीच घर नगई माईतमा बस्ने भन्ने विषयमा पटक पटक विवाद हुनेगरेको र गत माघ १६ गते पछि उक्त सोही विषयमा विवाद हुंदा दुवैबीच कुटाकुट भएको र सोही क्रममा वावुले छोरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मोहन अधिकारीले बताए ।

बुबा सापकोटाले छोरीको हत्या गरी घर नजिकै खाडल खानेर पुरेको समेत खुल्न आएको छ । सापकोटाले झगडा हुंने क्रममा पिट्दा घरको धुरी खावोमा ठोकिएर छोरीको मृत्यु भएको र मृत्यु पश्चात आफैले जमिनमुनी गाडेको प्रहरी समक्ष वनाय दिएका अधिकारीले बताए । उनलाई अहिले ईलाका प्रहरी कार्यालय नवलपुर कावासोतीमा राखिएको छ ।

सापकोटाले गत माघ १६ गते हत्या गरेको ईलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी निरीक्षक मोहन अधिकारीले बताए । उन्का अनुसार ३ दिनसम्म छोरी नदेखेपछि स्थानीयले शंकाको आधारमा आइतबारे प्रहरीमा उजुरी गरेपछि वुवालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको  थियो । पुरिएको स्थानबाट शव निकाल्न र आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कावासोती र दुम्किवासको टोली घटना स्थलमा पुगेको प्रहरी निरिक्षक अधिकारीले बताए ।

देब पचभैया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %