खडानन्दले खर्चेको पैसा वापस गरि महिला शसक्तिकरण तालिम लाइ

Read Time:3 Minute, 8 Second

देब पचभैया / पाल्पा

माघ १९, पाल्पाको हेक्लाङ्ग गाउँ विकास समितिका पूर्व गाविस सचिव खडानन्द घिमिरेले फिर्ता गरेको रकमबाट उद्घोषण सीप विकास तथा शसक्तिकरण कार्यशाला सम्पन्न भएको छ ।

गत आर्थिक वर्ष २०६९।०७० मा महिला लक्षित कार्यक्रम सञ्चालनका लागि छुट्याइएको रकम सचिव घिमिरेले हिनामिना गरेको भन्ने समाचार सञ्चारमाध्यममा आएपछि घिमिरेले ३० हजार रुपैयाँ आफूले झुक्किएर लिएर गएको भन्दै फिर्ता गरेका थिए ।

सोही रकमबाट कार्यक्रम सञ्चालन गरिएको गाउँ महिला सञ्जाल हेक्लाङ्गकी अध्यक्ष खगीसरा बाह्रघरेले बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षक पत्रकार माधव अर्याल र सामाजिक स्रोत विकास केन्द्रका तालिम अधिकृत बिष्णुप्रसाद पाण्डेले उद्घोषण र शसक्तिकरण सम्बन्धि प्रस्तुतिकरण गर्दै महिलाहरुमा आफ्ना हकहितका बारेमा आवाजहरु उठान गर्न सक्ने आशा राखेका बताउँदै महिलालाई यो कार्यक्रमले अझ क्रियाशिल बनाउने बताएका थिए ।

सोही अवसरमा बोल्दै पत्रकारहरु प्रकाश नेपाल, यज्ञमूर्ती तिमिल्सिना, मुक्तिप्रसाद न्यौपाने, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले महिलाहरुले आवाज बुलन्द गरेकै कारण आफ्नौ हिस्सा रकम पूनः प्राप्त गर्न सफल भएकोले कार्यक्रम पश्चात् हरेक क्रियाकलापहरुमा जागरुप भएर लाग्ने बताएका थिए ।

कार्यक्रममा सामाजिक परिचालिका नविना देवकोटाले सचेतना केन्द्रबाट पनि महिलाहरुलाई निकै जागरुप बनाएकोले सिर्जनात्मक सामाजिक काममा महिलाहरुले आफ्नो क्षमता देखाउने बताइन् ।

महिला लक्षित कार्यक्रमकालागि छुट्याइएको रकम हिनामिना भएको भएपनि रकम फिर्ता भई सञ्चालित कार्यक्रममा प्रयोगात्मक अभ्यास सहित ज्ञानका कुरा सिक्न पाएकोमा निकै खुशी लागेको प्रशिक्षार्थी महिला हेमा सिंजालीले बताइन् । स्थानीय युवा हरि बाह्रघरेले ग्रामीण क्षेत्रका महिलाहरुमा पनि चेतनाको स्तरमा निकै वृद्धि भएको बताएका थिए । कार्यक्रममा गाविस सचिव विरेनद्र नेपालले लक्षित वर्गका कार्यक्रमको रकमको सदुपयोग गरि गाउँको विकासमा आफु लागि रहेने बताएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %