नेपाली कबिहरूले साथ पाए कोरियन कविको

सिओल / कोरिया  

  

 ”धर्म ,जाति , भूगोल र दलीय आस्था भन्दा माथि उठौँ , स्राष्टाहरुमा एकता कायम गरौँ ”

भन्ने मूल नाराका साथ नेपाली साहित्य समाज दक्षिण कोरियाले राजधानी सउल स्थित नेपाल हाउसको सभाहलमा चियापान तथा साहित्यिक  समारोह सम्पन्न गरेको छ ।  

समाजका अध्यक्ष प्रविण राईको सभापतित्वमा कोरियन कवि तथा पत्रकार खिम ह्योङ ह्योको प्रमुख आथित्य रहेको उक्त कार्यक्रममा कोरियामा रहनु भएका साहित्यकार , साहित्यानुरागी, पत्रकार  ,बिधार्थी  विभन्न  संघ -संस्थाका प्रतिनिधिहरुको उत्साहपूर्ण अपस्थिती थियो ।  

कबि कल्पना राईको स्वागत मनतब्तबाट सुरु भएको उक्त कार्यक्रममा गीतकार सूर्य खत्री ”घायल” एमटियु नेपालका संयोजक तथा चितवन  सम्पर्क  समितिका अध्यक्ष कमल प्रसाद  अर्याल, साहित्यकार प्रोमद  सारंग, बलदेव  भट्टराई अथिति रहेका थिए ।

कोरियन कवि तथा पत्रकार खिम ह्योङ ह्योले कवियत्री प्रगति राईको ” मैले भोगेको कोरिया” शीर्षकको कविता कोरियन भाषामा अनुवाद गरेर सुनाउदा उपस्थित सबैको अनुहारमा कोरियाको वास्तविकता झल्केको थियो । ह्योको आफ्नै ” सगरमाथा ‘ शिर्षकको कविता बाचन गर्दा खिमलाइ सबैको गड्गढाहत ताली मिलेको थियो । उनलेले महाकवी लक्ष्मी प्रसाद देवकोटा र कवि मञ्जुलका केही कविता कोरियन भाषामा अनुवाद गरेका थिए । 

 

प्रबासमा रहेर पनि नेपाली साहित्यलाई माया गर्नु हुने सर्जकहरू अनिल शर्मा सुबेदी , मञ्जु गुरुङ , जीवन पौडेल , गंगा पौडेल , श्रीराम तमु , निरज सामपाङ , नेत्र पौडेल , केशव चापागाई , डम्बर लिम्बु , मञ्जु रेग्मी , स्वरम्वर सी. लामा , सुमित्र मिश्र किसन गुरुङ लगायत निश्चल काउचा , प्रगति राईले आ-आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रम संचालन संस्थाका सचिव झफिन्द्र बेल्बासेले गरेका थिए ।

निश्चल काउचा – सिओल कोरिया