महिला बन्दीलाई अचार बनाउने तालिम

Read Time:2 Minute, 21 Second

पाल्पा,

१६ माघ घरेलु तथा साना उद्योग कार्यालय पाल्पा र कारागार शाखाको संयूक्त आयोजनामा कारागार जीवन बिताईरहेका महिला कैदीबन्दीलाई प्रशोधित अचार बनाउने तालिम सम्पन्न भएको छ । सात दिने तालिममा कारागार शाखा पाल्पाका २१ जना महिला कैदी बन्दीको सहभागीता रहेको थियो । सहभागीलाई उद्यमी चन्द्रलक्ष्मी श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । 

तालिम समापन अवसरमा बोल्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले सिकेको सीपलाई व्यवहारमा उतार्न सके कारागारबाट बाहिर निस्कदा हातमा सीप हुने बताउनुभयो । उहाँले सिकेको सीपलाई व्यवहारिक जीवनमा उतार्न सक्नुपर्ने बताउनुभयो ।  घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बालकृष्ण गैरेले कारागारमा बसेपनि सीपमुलक तालिम लिएपछि बाहिर निस्कदा आफ्नै खुट्टामा उभिन सक्ने बताउनुभयो । कारागार शाखा प्रमुख धीरेन्द्र पन्तले महिला र पुरुष कैदी बन्दीलाई सीपमुलक तालिम सञ्चालन गरेर आयआर्जनतफ प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले कारागारमा सुधारकोलागि आउने भएकाले सोही अनुसार सीपमुलक तालिम, अन्य आयआर्जनका काम सिकाउन आफुले पहल गर्ने बताउनुभयो । कार्यक्रममा सहभागी विमला खड्कीले सिकेको सीपलाई व्यवहारमा उतार्न पहल गर्ने बताउनुभयो । कारागार सुरक्षा प्रमुख प्रहरी नायव निरीक्षक नरपति दाहाल र कारागार प्रशासनका कम्प्युटर अपरेटर थमन बहादुर सारुले महिला बन्दीले सिकेको सीपलाई सही रुपमा व्यवहारमा उतारेर उद्यमी बन्न सुझाव दिनुभयो ।

देब पचभैया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %