पोखरा,
१६ माघ , नेपाल मगर विद्यार्थी संघको आठौं राष्ट्रिय महाधिवेशन सुन्दर पर्यटकीय नगरी पोखरामा आजदेखि सुरु भएको छ । माघ १८ गते सम्पन्न हुने महाधिवेशनमा देशभरका विश्वविद्यालय क्याम्पसहरुमा अध्ययनरत झण्डै पा“च सय प्रतिनिधी पर्यवेक्षकहरुको उपस्थिति रहेको छ । महाधिवेशनको बन्दशत्रले आगमी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । मगर विद्यार्थीको बन्दशत्र भोली शुक्रबारदेखि सुरु हुनेछ ।
बन्दशस्त्रको सुरु नहुँदै महाधिवेशनमा सहभागी मगर विद्यार्थीबिच विभिन्न पार्टीको नाममा विभाजित हुने क्रम सुरु भइसकेको छ । महाधिवेशनबाट कुन पार्टीको विद्यार्थीलाई अध्यक्ष बनाउने भन्ने विषयमा आन्तरिक लबिङ सुरु भएको छ । मगर विद्यार्थीको साझा सँस्था भए पनि यहाँ पछिल्लो समय बढी राजनीतिक चलखेल हुने गरेको छ । यहि कारणले मगर विद्यार्थी संघ पछिल्लो समय झन्झन् कमजोर हुँदै गएको छ ।
अध्यक्ष रेनुका काउचा मगरको अध्यक्षतामा उद्घानटन शस्त्र आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापामगर र नेपाल मगर संघका अध्यक्ष महेन्द्र थापामगरले संयुक्त रुपमा गरेका थिए ।
