परिवार नियोजन वन्ध्याकरण शिविर सम्पन्न

Read Time:1 Minute, 15 Second

देवदह

१५ माघ , रुपन्देहीको देवदह उपस्वास्थ्य चौकीमा २ दिने परिवार नियोजन वन्ध्याकरण शिविर सम्पन्न भएको छ । शिविरमा ६ जना पुरुष र २९ जना महिला गरी ३५ जनाले वन्ध्याकरण गरेको देवदह उपस्वास्थ्य चौकीले जनाएको छ । जिल्ला जनस्वास्थय कार्यालय, परिवार नियोजन संघ रुपन्देहीको सहकार्य र देवदह उपस्वास्थ्य चौकीको व्यवस्थापनमा शिविरको आयोजना गरिएको हो ।

शिविरमा वरिष्ठ चिकित्सक डा. दिपक पटेलको समूहले पुरुष र महिलाहरुलाई वन्ध्याकरण गराएका थिए । शिविर निःशुल्क भएको र वन्ध्याकरण गराएकालाई यातायातको व्यवस्था समेत गरिएको देवदह उपस्वास्थय चौकीले जनाएको छ । वन्ध्याकरण गरे पश्चात खासै असर नगरेको र नियमित कार्य गर्न सकिएको केरवानी–९ सिंगाहा निवासी कृष्ण भण्डारीले बताउनु भयो ।

गोविन्द घर्ति

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %