देवदह
माघ १५ , नीजि विद्यालयहरुलाई अस्वभाविक करको दायरामा ल्याएर राज्यले अन्याय गरेको प्याव्सनका केन्द्रीय सचिव कृष्ण अधिकारीले बताउनु भएको छ । उहाले ईप्सा रुपन्देहीले सञ्चालन आयोजना गरेको ईप्सा खेलकुद महोत्सवको उद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो । उहाले राज्यले गर्न गाह्रो भएको काम नीजि विद्यालय संचालकहरुले गरेको कारण शिक्षा क्षेत्रको विकास भएको बताउनु भयो । छात्रबृत्तिमा राज्यले अवलम्वन गरेको नीति विभेदकारी भएको कारण हटाउनु पर्नेमा जोड दिनु भयो ।
ईप्सा रुपन्देहीका अधयक्ष एकनारायण काप्mलेको अधयक्षतामा भएको कार्यक्रममा प्याव्सनका केन्द्रीय सदस्य लोकनाथ उपाध्याय, प्याव्सन रुपन्देहीका अध्यक्ष सुदिप केसी, कोषाध्यक्ष लक्ष्ँमण ज्ञवाली, खेल संयोजक राम बहादुर गुरुङ्ग, जिल्ला एथलेटिक्सका पूर्वी क्षेत्र संयोजक अमृत काफले, जिल्ला प्याव्सन पूर्व सचिव कृष्ण प्रसाद शर्मा, भुपु जिल्ला प्याव्सन सचिव नारायण खनाल, पत्रकार त्रिलोचन दाहाल, ग्रीन प्लान्टका अध्यक्ष कासीराम काप्mले, लगायतले बोल्दै अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुको चौतर्फी विकास हुने हुदा समय समयमा बृहत्त अतिरिक्त क्रियाकलापको आयोजना गर्नु पर्नेमा जोड दिएका थिए ।
ईप्सा रुपन्देहीका उपाध्यक्ष टंक पोख्रेलको स्वागत र सचिव हरि ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको पूर्वसन्ध्यामा देवदह–५, शितलनगर देखि खेलमैदान सम्म प्रभातफेरीको आयोजना गरिएको थियो । प्रभातफेरीमा ईप्सामा आवद्ध विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी लगायतको सहभागिता रहेको थियो ।
गोविन्द घर्ति
