आयातित र प्रायोजित सपनाहरू (कबिता)

निश्चल काउचा /दक्षिण कोरिया

अचेल मान्छेहरू भन्छन

मान्छेका सपनाहरू पुरापुर आयातित र प्रायोजित छन्

कसैले भन्छन

दक्षिणी बायुबाट आयातित र प्रायोजित छ

कसैले भन्छन्

उत्तरी बायुबाट आयातित र प्रायोजित छ

कसैले भन्छन्

पश्चिमी बायुबाट आयातित र प्रायोजित छ

  

 मान्छेहरू सपनाका पहाड उक्लिदा गुल्टिए पछि

सडक तताउदै , रेलिङ चपाउछन

नमिठो डकार्दै

सपनाहरू स्खलित हुनुमा बाहिरी बायुको प्रायोजन छ

 

बजारमा प्राइभेट सपना किनबेच मौलाईरहेछ- मौलाईरहेछ

भाउजुले अल्ट्रासाउण्ड गर्दा छोरी देखिए पछि क्युरेट गरिन

काकीले टेस्टट्युब बेबी जन्माईन

झाक्री काकाले भने

भगवानको अस्तित्व संकटमा पर्‍यो

 

मेरी प्रेमिकाले ब्रेस्ट सिलिकन राखिन

मैले सर्कमसिजन गरे पछि

मेरी प्रेमिकाले भनिन

डार्लिङ म मात्र कति तल पर्ने अब हामी लिङ्ग परिवर्तन गरौ

त्यसका लागि तिमीले तिम्रो एउटा किडनी बेच्नु पर्छ

 

यक्ष

मैले भने

प्रिय चिन्ता नगर

मंगल ग्रह जाने दोर्स्रो लतको आबेदन खुल्यो भने

म तिम्रो लागि दुईवटै किडनी बेची दिएर

म मंगल ग्रहको यात्रामा लाग्नेछु

उनले मुस्कुराउदै स्वीकृतिको मुन्टो हल्लाईन