रेडबुल जिल्ला स्तरिय फुटवल प्रतियोगिता आज बाट तानसेनमा शुरु

Read Time:1 Minute, 20 Second

देब पचभैया

पाल्पा, माघ ८ गते ,

पाल्पा जिल्ला फुटवल संघको आयोजनामा आज देखि पाल्पाको तानसेनमा रेडबुल जिल्ला स्तरिय फुटवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको  निमित्त प्रमुख जिल्ला अधिकारी नवराज बरालले उद्घाटन गर्नुभयो । २० गते सम्म चल्ने प्रतियोगितामा बिजयी समुहलाई क्षेत्रिय स्तरको प्रतियोगितामा सहभागी गराईने जिल्ला फुटवल संघ पाल्पाका अध्यक्ष भिमसेन काकीले जानकारी दिनुभयो ।

१६ समुह सहभागी प्रतियोगिताको आजको पहिलो खेलमा युथ युनियन कलबले बतासे डाडा युवा कलबलाई शुन्यका बिरुद्ध ५ गोल गरि बिजयी भएको छ । भोलिको  खेलमा  युवा तथा खेलकुद समिति चिर्तुधारा र काजीपौवा युवा कलब, सराई युवा कलब र बुद्ध ज्वोती युवा कलब र खेल रामपुर युवा कलब र १६ ब्रदर्श बिच प्रतिस्पर्धा हुने  संघका सचिब भरत शर्माले जानकारी दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %