मलायका मगरले मनाए माघेसन्क्रान्ति

Read Time:4 Minute, 14 Second

मलेशिया ,

नेपाल मगर संघ राष्ट्रिय समन्बय समिती प्रबासी मगर संघ मलेशियाले आज आईतवारको दिन  राष्ट्रिय चार्ड माघेसन्क्रान्ति मलेशिया मा रहेका जातिय संघ सस्था र श्रमिक हरु को ब्रिहत उपस्थिती मा भब्यता को साथ मनाएको छ।

 

प्रबासी मगर संघ मलेशियाका अधक्ष्य राजेन्द्र राना मगरको सभापतित्व रहेको माघेसन्क्रान्ति जलपान समारोह मा प्रमुख अथिति आदिबासिजनजाती महासंघ मलेशिया का अधक्ष्य श्री सुन्दर आले मगर थिए । त्यस्तै गरी बिशिस्ट अथिति मा राष्ट्रिय जनमुक्ती पार्टी मलेशिया शाखा जनसरोकारमन्च मलेशियाका अधक्ष्य श्री मनि राइ गोठाले, बिशेष अथिति एन आर एन मलेशिया तथा अाइ सि सि सद्स्य भवानी शंकर तिवारी, तमु समाज मलेशिया का केश तमु , तमाङ एकता समाज का उपाधक्ष्य दिपक तामाङ्, बिश्व साहित्य महासंघ मलेशियाका अधक्ष्य जिबन देवान, अनामा मन्डली मलेशियाका श्रीजन श्री, युबा प्iत्रकार देबेन्द्र खापुङ,लुम्बिनी सेवा समाजका पदम राना, नेपाली कङ्रेस मलेशियाका टेक घर्ति, ब्यबासायी शान्ती थापा, तेक धिक्त साथै रावङ, काजाङ, बुक्ती शेर्डाङ र के . एल शेरोफेरोमा रहनु भएका मगर हरुको पनि बाक्लो उपस्थिती रहेको थियो ।

उक्त समारोहको उद्घाटन सभापति र प्रमुख अथितिको बाहुली बाट भगवान बुद्ध को तसबिर मा पूजा गरी प्रथम शहीद लखन थापामगरको तस्बिरमा पुष्प अर्पण गरी सबै अथिति गण हरुको बाहुली बाट दीप प्रज्वोलन गरी माघेसन्क्रन्ति-२०७० को उदघाटन समरोह गरेका थिए भने, भक् घर्तिको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रम उपस्थिती सबै अथिति गण हरुले माघेसन्क्रन्ति को बारेमा आ-आफ्नो धारणा  र तर्क राखेका थिए । कार्यक्रम मा उपस्थिती पाहुनाहरु लाई थप् मनोरन्जन को लागि प्रबासी मगर संघ मलेशियाका स्थानिय कलाकार साथीहरुले सांस्कृतिक कार्यक्रम साथै युगलजोडी दोहोरी कार्यक्रम पनि प्रसतुत गरिएको थियो ।

उक्त कार्यक्रम मा दुबइ म्रिगौला बाट पीडित हुनु भएका याम बहादुर सिन्जाली मगर लाई आर्थिक सहयोगको लागि बिभिन्न संघसंस्था लाई निज बिरामीले गरेको सिफारिश शहीतको निबेदन सम्बन्धित संस्था का प्रतिनिधि हरुलाई सहयोगको लागि संस्थाको तर्फ बाट अनुरोध गरिएको थियो । साथै २१जनवरी देखी मलेशिया सरकार ले अबैधानिक भएर बसेका कामदार हरु माथि धरपकद शुरु गर्ने भएकोले निज पीडित ब्यक्तीहरु यथा शिघ्र दुताबास मा संपर्क गरी आबश्यक कागज पत्र पेश गरी घर फर्कन को लागि मगर संघ मलेशियाले सबैमा सुचित जानकारी गराएको थियो । कार्यक्रम को अन्त्य मा उपस्थिती पाहुना हरु लाई आयोजक मगर संघ मलेशिया ले तरुल-पान सहित् रोटी अचार् खुवाएर सत्कार गरेको थियो भने कार्यक्रम सन्चालन संघ का महासचिब रोशन मगरले गरेका थिए ।

रोशन अस्लामि मगर,मलेसिया

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %