जापानमा जम्यो यो बर्षको माघेसंक्रान्ति

Read Time:3 Minute, 7 Second

टोयाटा जापान ,

जनवरी १८ , अर्थात २०७०/१०/४ नेपाल मगर संघ टोकाइ जापनले बिगतका बर्षहरूमा झै यस पटक पनि माघेसंक्रान्ति भब्य र सब्यका साथमा जापनको आइचिकेन टोयाटा शहर नानते क्याफे रेष्टुरेन्टमा सम्पन्न  गर्यो । कार्यक्रम बेलुका ८ बजे बाट आरम्भ भएको थियो ।

कार्यक्रम संघका  कोषाअध्यक्ष दिलमान घर्ती मगरको संचालन र उपाअध्यक्ष रोशन बुढा मगरले बिभिन्न क्षेत्र बाट पाल्नु भएका बुद्धिजीवी लगायत उपस्थित पाहुनाहरुलाई स्वागत गरेका थिए । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष दिलीप राना मगरले गरेका थिए । सो कार्यक्रमको प्रमुख अथिती आदीवासी जनजाती महासंघ जापनका अध्यक्ष  मन पुन मगर, बिशेष अथिती आदीवासी जनजाती महासंघका सल्हाकार तथा शेर्पा संघ टोकाइ जापनका श्री पासङ शेर्पा , तामङ संघ जापन र थकाली संघ जापन लगाएत बिभिन्न संघसस्थाका प्रतिनिधीहरूको उपस्थिति रहेको  थियो । 

शुभकामना आदान प्रदान गरी सके पछी संघका अध्यक्ष श्री दिलीप राना मगरले सबै उपस्थित पाउनाहरुलाइ तरुल र पिय पदार्थले खाम्पाइ गर्नु हँदै माघेसंक्रन्तिको बारेमा प्रष्ट आफ्नो मन्तवयमा राखेका थिए । अाफ्नो मन्तब्यको क्रममा पृथिवीले शुर्यलाइ परिक्रमा गर्दै जाँदा पुरा एक चक्कर घुम्दा ३६५ दिन ५ घण्टा ९ मिनेट लाग्दछ ।

यसै दौरानमा पृथिवीको कर्कट रेखा शुर्यको ठिक सिदा हुँदा साउंने संक्रान्ति पर्दछ भने पृथिवीको मकर रेखा शुर्यको ठिक सिदा हँदा माघे संक्रान्ति पर्दछ । माघ एक गते बाट नै दिन लामो र रात छोटो हुँदै जाने गर्दछ । यस्तै बिशेष गरी चेलीबेटी पुज्ने दिन पनी हो । एकअर्कामा शुस्वास्थ्य दिर्धायुको कामना गर्दै देविदेउता, पितृहरुको पुजा पनी यसै दिनमा गर्दै शुभपुण्य कामाइन्छ भन्ने जनमानसको बिश्वास छ । धर्मसास्त्र अनुसार नेपाली परिवेशमा धर्म दृष्टिकोणले पनी यस माघेसंक्रन्तिलाइ महत्व दिदै आएको कुरा प्रष्ट पार्दै कार्यक्रममा उपस्थित महानुभावहरुलाइ हार्दिक आभार ब्यक्त गर्दै कार्यक्रम बिसर्जन गरेका थिए ।

दिलिप राना मगर / जापान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %