सर्मिलाले समाइन मगरको नेतृत्व

Read Time:4 Minute, 14 Second

देविका घर्ती मगर  दाङ,

माघ ४ , नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति दाङको अध्यक्षमा सर्मिला रोका मगर चयन भएका छन् । संघको शनिवार घोराहीमा सम्पन्न भएको नवौं जिल्ला अधिवेशनले सर्मिला रोकामगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

  

जसको उपाध्यक्षमा रिदम पुनमगर, सचिवमा प्रकाश रोकामगर, सहसचिवमा कमल थापामगर, कोषाध्यक्षमा गायत्री घर्ती मगर र सदस्यहरुमा अर्जुन बाँठामगर, आइसा बुढामगर, कर्णबहादुर घर्तीमगर, गीता बुढामगर, सुमित्रा बुढामगर र खड्क घर्तीमगर रहेका छन । नेपाल मगर विद्यार्थी संघ दाङका अध्यक्ष जुनकुमारी बुढामगरको अध्यक्षता तथा केन्द्रिय सदस्य घनी घर्ती मगरको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।

उपाध्यक्ष रिदम पुनमगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संघका निवर्तमान केन्द्रिय सचिव तथा दाङका सल्लाहकार देविका घर्ती मगर, पुर्व केन्द्रिय सदस्य तथा दाङका सल्लाहकार मानसिँह घर्तीमगर, नेपाल मगर संघ दाङका अध्यक्ष भोपलाल रोकामगर, मगर संघ दाङका निवर्तमान अध्यक्ष कृतिमान पुनमगर, पुर्व अध्यक्ष सतबहादुर रोकामगर, नेपाल मगर विद्यार्थी संघ राप्ती अञ्चल समितिका अध्यक्ष अमृत घर्तीमगर, पाल्पा जिल्लाका पुर्व सचिव रविकुमार रानामगर, रुकुम जिल्ला अध्यक्ष लोकमान पुनमगर, मगर सांस्कृतिक संघका प्रकाश पुनमगरलगायतले मन्तव्य ब्यक्त गरेका थिए । त्यस अवसरमा संघको साँगठनिक प्रतिवेदन सदस्य सर्मिला रोकामगरले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष निशा घर्ती मगरले प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण सर्मीला रोकामगरले गरेका थिए।

 

महाधिवेशन प्रतिनिधि छनौट : 

यसैबिच नवनिर्वाचित नेपाल मगर विद्यार्थी संघ दाङको पहिलो बैठक घोराहीमा बसेको छ । संघका अध्यक्ष सर्मीला रोकामगरको अध्यक्षता तथा संघका केन्द्रिय सदस्य घर्नी घर्तीमगरको प्रमुख आतिथ्यतामा बसेको बैठकले यही माघ १६, १७ र १८ गते पोखरामा हुन गैरहेको नेपाल मगर विद्यार्थी संघको आठौं राष्ट्रिय महाधिवेशनका लागि सर्मीला रोकामगर, रिदम पुनमगर र प्रकाश रोकामगरलाई महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।  

बैठकले संघको सल्लाकारहरुमा देविका घर्तीमगर, मानसिँह घर्तीमगर, जुनकुमारी बुढामगर, दिपक थापामगर, बलिभद्र रानामगर र टिकाराम उदासीलाई चयन गरेको छ । बैठकले संघको नियमित बैठक हरेक महिनाको पहिलो शनिवार बस्ने निर्णय गरेको छ । यसैबिच नेपाल मगर विद्यार्थी संघ राप्ती अञ्चल समितिको बैठक शनिवार घोराहीमा सम्पन्न भएको छ । संघका अञ्चल अध्यक्ष अमृत घर्तीमगरको अध्यक्षतामा बसेको बैठकले माघ १६, १७ र १८ गते पोखरामा हुन गैरहेको नेपाल मगर विद्यार्थी संघको आठौं राष्ट्रिय महाधिवेशनका लागि राप्ती अञ्चतफको तर्फबाट अमृत घर्तीमगर, पदम बुढाथोकी मगर, लोकमान पुनमगर, हर्कबहादुर घर्तीमगर र मिश्रा घर्तीमगरलाई पठाउने निर्णय गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %