देवदह ,
माघ ३ , सामुदायिक वनलाई बैज्ञानिक वन व्यवस्थापन अनुसार संचालन गर्ने हो भने स्थानीय नागरिकको जिवीकोपार्जनमा सहजता आउने देवदहमा आयोजित एक कार्यक्रमा बोल्ने वक्ताहरुले बताएका छन् । शिवालय सामुदायिक वन उपभोक्ता समुह देवदहको ११ औं बार्षिकोत्सव तथा ८ औ साधारण सभामा बोल्ने वक्ताहले उक्त कुरा बताएका हुन ।
कार्यक्रममा बोल्दै जिल्ला वन कार्यालय रुपन्देहीका सहायक वनअधिकृत वसन्तवावु श्रेष्ठले सामुदायिक वनमा हरित सुशासन हुन पर्ने, वन अतिक्रमण रोक्नु पर्ने र चोरी निकासी नियन्त्रण गर्न सक्ने हो भने सामुदायिक वन उपभोक्ता चाहना अनुसार चल्ने सकिनेमा जोड दिनु भएको थियो । सामुदायिक वनलाई उत्कृष्ट वन बनाउन उपभोक्ताहरु सचेत र सजग हुनु पर्नेमा उहाले जोड दिनु भएको थियो ।
सोही कार्यक्रममा बौल्दै देवदह गाविसका सचिव टेकराज भट्टराईले गाविसको योजना तथा कार्यक्रममा सवै सामुदायिक वन, सामाजिक संघ संस्थाहरु सहभागि हुनु पर्नेमा जोड दिनु भयो । उहाले अधिवेशन र साधारण सभा समयमै गर्न देवदह गाविसका सम्पूर्ण सामाजिक संघ/ संस्थालाईं आग्रह गर्नु भयो । समुहका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एकिकृत माओवादीका कृष्ण ढकाल, युगज्योति माविका अध्यक्ष वासुदेव रिमाल, सेवा विकास बैकका दण्डपाणी भट्टराई, वनसञ्जालका उपाध्यक्ष तेजबहादुर कुवर, बुद्धमावली सामुदायिक वनका गोविन्द क्षेत्री, हिरादेवी चापगाई, दामोदर क्षेत्री लगातयले आ–आफना भनाई राख्नु भएको थियो ।
कार्यक्रममा समुहका अध्यक्ष खेमनारयण अधिकारीले बार्षिक प्रतिवेदन र लेखा संयोजक गणेश वस्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका सदस्य रिता थापाको स्वागत र सचिव वलराम चापागाईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
गोविन्द घर्ति /देवदह
