देवदह ,
पुस ३० , शिक्षण सिकाई क्रियाकलापलाई सफल बनाउन विद्यार्थीहरु लगनशिल हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन । उनीहरुले अभिभावकले आफना छोरा छोरीलाई घरमा पढ्ने वातावरण सृजना गर्नु पर्नेमा जोड दिएका थिए ।
रुपन्देहीको महामाया भवानी उच्च मावि भवानिपुर–७ मा भएको अभिभावक भेलामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । नजिकिएको प्रवेशिका परिक्षाको नतिजा सफल बनाउन अभिभावक, व्यवस्थापन समिति, शिक्षकहरु बिच विद्यालयले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
अन्तरक्रियात्मक भेलामा शिक्षक बाबुराम बस्नेत र कृष्ण अर्यालले विद्यार्थीहरुको हालको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रार्चाय दिनानाथ अर्याल, सह–प्रार्चाय हुमनाथ पाण्डे, अभिभावक सिता बस्याल, शिक्षक गणेश प्रसाद पाण्डे, बाबुराम पौडेल, ऋषिश्वर अर्याल, विद्यालय व्यवस्थापन समितिका सदस्य शक्ति प्रशन्न गिरी लगाएतले बोल्नु भएको थियो । उक्त कार्यक्रम शिक्षक लिलावल्लभ भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।
गोविन्द घर्ति /देवदह
