देब पचभैया पाल्पा,

माघ १ धार्मिक एवं पबित्र स्थल रुरु क्षेत्रमा आज देखि माघे सक्रान्ती मेला शुरु भएको छ । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगम स्थल कालिगण्डकीमा स्नान गर्ने र ऋषिकेश्वर देबताको दर्शन गर्न दर्शनार्थीहरुको रिडीमा विहानै देखि भिडभाड शुरु भएको छ ।
नेपालका चार धाम मध्यको रुरु क्षेत्रको काली गण्डकी स्नानका लागि गुल्मी, पाल्पा, स्याङजालगायत अर्घाखाँची, प्यूठान, रुपन्देही, पर्वत, वाग्लुङ्ग र सिमावर्ती भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् ।
माघ १ गते देखि ३ गते सम्म काली गण्डकीमा स्नान गर्ने र ऋषिकेश्वर देबताको दर्शन गरेमा मानिसले गरेका सम्पुर्ण पाप नास हुने जन बिश्वास रहेको पाईन्छ ।
रुरु क्षेत्रमा परापुर्बकाल देखी नै माघ ३ गते सम्म जेठी, माईली र कान्छी सक्रान्तीको रुपमा मेला लाग्ने गरेको छ । बराह पुराणका अनुसार भगवान इन्द्रले रिडीमा तपस्या गरेका ऋषिको तपस्या भंग गर्न पठाएकी अप्साराले जन्माएकी छोरीलाई रुरु मृगले दुध पिलाएर बचाएकोले उनलाई रुरु कन्या नाम राखियो र पुनः उनै बालिकाको तपस्याबाट त्यस क्षेत्रको नाम रुरु क्षेत्र रहन गएको किम्बदन्ती रहेको पाईन्छ ।
मेलामा स्थानिय उत्पादनहरु, रुकुम , रोल्पा, डोल्पाबाट उत्पादन गरी ल्याएका काम्लो, राडी, पाखी र बासबाट उत्पादित बिभिन्न किसिमका डाला, सुपा, पाथी, काइयो लगायतका घरेलु सरसमान बिक्रीको लागी ल्याएको छ ।
रुरु मेलाको अबसरमा स्थानिय संघ सस्थाहरुको आयोजनमा बृहत सास्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ ।
यता पाल्पाका कालीनदी रहेका बिभिन्न स्थानहरु रानीघाट दरबार, राम्दी, केलादी, लगायतका स्थानमा पनि स्नान गर्नेहरुको भिडभाड लागेको छ ।
धार्मिक मेलामा कुनै पनि खालका घटनाहरु हुन नदिन तथा शान्तीपुर्ण बातावरणमा मेला सम्पन्न गर्नका लागि जिल्ला प्रहरी कार्यालय पाल्पा र गुल्मीले सुरक्षा व्यवस्थामा कडाई गरेको छ ।
