देवदह ,
पौष २९ , देवदह गाविसको १९ औं गाउ परिषद घोषणा सभा सम्पन्न भएको छ । घोषणा सभामा ०७१/०७२ को लागि करिव १ करोड १५ लाख बरावरको बजेट पारित गरेको छ । जस अन्तरगत चालु तर्फ ३७ करोड ३२ लाख र पुजीगत तर्फ ७८ लाख ३८ हजार बजेट विनियोजित गरेको छ । घोषणा सभामा बोल्दै जिल्ला विकास समिति रुपन्देहीका स्थानीय विकास अधिकारी पेसल कुमार पोखरेलले गौतम बुद्धको मावली स्थल देवदह क्षेत्रमा रहेका ऐतिहासिक क्षेत्रको संरक्षण र सम्वद्र्धन गर्न स्थानीय रुपबाट नै पहल गर्नु पर्नेमा जोड दिनु भएको थियो । उहाले वन क्षेत्रको संरक्षण गर्दै बसोवास लाई व्यवस्थित गर्नु पर्ने भन्दै नदीजन्य पदार्थको निकासीको लागि आफुले पहल गर्ने बताउनु भयो ।
अधिकारी पोखरेलले देवदह गाविस खुल्लादिशा मुक्त गाविस भएको हुदा यसको अनुगमनलाई तिव्रता दिनु पर्नेमा जोड दिनु भयो । देवदह गाविसका सचिव टेकराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि जीवलाल पराजुली, नेकपा एमालेका जिल्ला सदस्य ऋषिराम सापकोटा, एकिकृत नेकपा माओवादी देवदहका अध्यक्ष कृष्ण ढकाल, एकिकृतका निमकला पुन, जनमोर्चाका हरी केसी, राप्रपाका मित्रलाल खराल, नेकपा–माओवादीका ऋषिराम लामिछाने, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, देवदह अपाङ्ग सेवा समाजका वालकुमार श्रेष्ठ, वडानागरिक मञ्चका विष्णु भट्टराई, महिला सञ्जालका पार्वती न्यौपाने लगातयले बोल्दै नदीजन्य निकासीमा कानुनी अड्चन भएका कारण देवदह गाविस विकासमा अवरोध सृजना भएको बताएका थिए ।
नदीजन्य निकासी भएमा देवदह गाविसको विकासले फड्को मार्न सक्नेमा जोड दिएका थिए । देवदह उपस्वास्थ्य चौकीका ईन्चार्ज जयकिशन अधिकारीको स्वागत र मित्रबहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
गोविन्द घर्ति दे/वदह
