देब पचभैया / पाल्पा,
पौष २८,तानसेन नगरपालीकाको १७ औं नगरपरिषद् आज सम्पन्न भएको छ । परिषद्मा नगरपालीकाका कार्यकारी अधिकृत तथा नगर प्रमुख निरन भट्टराईले आर्थिक वर्ष २०७१÷७२ को लागि करीव १७ करोड वरावरको वजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । उहाँले पूँजीगत तर्फ १६ करोड, ७१ लाख, ७२ हजार र चालु तथा प्रशासनिक खर्च तर्फ ११ करोड २० लाख वरावरको वजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । विकास कार्यक्रमको लागि १७ करोड, ८३ लाख, ७२ हजार वरावरको वजेट प्रस्तुत भएको छ ।
परिषद्को उद्घाटन गर्दै पाल्पाका ३ वटै क्षेत्रका सभासदहरुले स्थानीय निकायको निर्वाचन छिट्टै गर्नुपर्नेमा जोड दिदै विकास निर्माणको वजेटमा भ्रष्टचार नगरी विकासकै कार्यमा सदुपयोग गर्न सुझाव दिएका छन् । पाल्पा क्षेत्र नम्बर १ का सभासद राधाकृष्ण कडेल, क्षेत्र नम्बर २ का सभासद सोम प्रसाद पाण्डे, क्षेत्र नम्बर ३ का हरी प्रसाद नेपालले जिल्लाको प्राकृतिक सौन्दर्यतालाईनै संरक्षण गरी तानसेन वजारको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्ने बतmाहरुले तानसेनमा रहेको खानेपानीको समस्या हल गर्नुपर्ने, बुटवल पाल्पाको मोटरबाटोको समस्या समाधानमा लाग्नुपर्ने , तानसेनमा भएको बसपार्कलाई ब्यवस्थित गर्नुपर्ने, तानसेनमा हवाईमैदानको पहल गर्नुपर्ने लगाएतका कुरामा जोड दिएका छन् ।
