प्याब्सन पाल्पामा नया समिति

Read Time:2 Minute, 7 Second

पौष २५निजि तथा आवासीय बिधालय अर्गनाईजेसन नेपाल ब्याब्सन पाल्पाको पाचौ जिल्ला अधिबेशनले रामपुर आवासिय उच्च माबिका प्रिन्सिपल सुर्य घिमिरेको अध्यक्षतामा ११ सदस्य नया कार्यसमिति चयन गरेको छ ।

सहमतिको आधारमा नया कार्यसमिति चयन भएको हो ।

तानसेन नगरपालिका हलमा उद्घाटन सकेर बेलुकी ह्वाईटलेक होटलमा भएको बन्द सत्रले बृन्दावन एकेडेमीका प्रिन्सिपल भरत न्यौपानेलाई उपाध्यक्ष बनाईएको छ ।

अध्यक्षमा न्यौपाने र घिमिरेले अडान नछोडेपछि आज बिहान ४ बजे मात्रै समितिको टुंगो लागेको हो । अन्य पदमा पनि आकांक्षीहरुको संख्या बढीभएपछि नया कार्य समिति चयनमा रात भर बस्नुपरेको उपाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

प्रशान्ती चिल्डे«न एकेडेमीका पिन्सिपल महेशमान बज्राचार्य सचिब, सनराईज पब्लिक बोर्डिग स्कुल रुप्सेका राजन अधिकारी सहसचिब,

न्यु होराईजन बोर्डिङ्ग स्कुलका प्रिन्सिपल डासुराम पन्त कोषाध्यक्ष,

सनराईन बोडिङ्ग स्कुल डुम्रेका ताजेन्द्र कुमार थापा सहकोषाध्यक्ष

मा चयन हुनुभएको छ । 

सदस्यहरुमा भैरब मेमोरियल स्कुल भैरबस्थानका दिलिप रायमाझी, माउण्ट भेलि कसेनीका अशेस भट्राइ प्यारागन तानसेनका गंगा बहादुर खत्री, लोटस बोर्डिग बर्तुङ्गकी सुनिता कार्की रहनुभएको छ ।

बाकी सदस्यहरुलाई कार्यसमितिको बैठकले मनोनित गरिने बताईएको छ ।

देब पचभैया /पाल्पा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %