यसरी फाट्यो बेलायतको पुन समाज

Read Time:6 Minute, 6 Second

तेज राम्जाली पुन मगर , लन्डन 


 

गत २९ डिसेम्बर २०१३ को दिन पुन समाज युकेको तेश्रो अधिबेसन डाकिएको थियो । उक्त अधिबेसनमा संस्थाको नाम पुन समाज र पुन मगर समाज हुनु पर्ने बिच बहस चर्किदै जादा अन्तत:   १ जनवरी २०१४ तारिखका  दिन बिधिबत रुपमा पुन मगर समाज युकेको जन्म भएको छ । उक्त अधिवेशनमा बिबिध बिषयमा सहभागीहरू बिच छलफल चल्दा संस्थाको  नामकरण  पुन समाज  नै यथावत राख्ने वा पुन मगर समाज भनेर संशोधन गर्ने भन्नेहरू बिच चर्को विवाद चलेको थियो । पुरानो कार्य समितिका एक सदस्य विल पुर्जा मगरले अवको परिवर्तित अवस्थामा समाजको नाममा मगर शब्द थपिनु आवश्यक छ भन्ने तर्क राखे पछि उपस्थित सहभागी हरू बिच आपसी भनाभन र चर्को विवाद हुँदा स्थिति निक्कै तनावपूर्ण भएको थियो ।  वहसकै क्रममा मगर थप्न नहुने भन्ने पक्षधरहरुलेहरूले कुनै हालतमा पनि मगर शब्द नराख्ने अड्डी लिएकाथिए भने  पुन मगर समर्थक हरूले ईतिहासले दिएको र यथार्थ मा हाम्रो जात मगर नै भएको हुनाले संस्थाको नाम पनि पुन मगर समाज हुनु पर्ने तर्क राख्दा दुबै पक्ष बिच सहमती हुन नसक्दा असमान्य परिस्थिती पैदा भएको थियो ।

 पुरानो कार्य समितिका सचिव टेक राम्जाली मगर मगरले पनि यदि हामिहरू मगरकै सन्तान हौ भने समाजको नाममा मगर शब्द राख्न किन कन्जुस्याइ गर्नु हुन्छ ? यसले सबैलाई समेट्न सक्छ भन्ने तर्क राख्नु भएको थियो ।  नयाँ कार्य समितिले पनि मगर शब्द विना नै संस्था अगाडी बढाउने निर्णय गरेपछी उक्त दिनको असहज परिस्थितीलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष  अतिप्रसाद पुनले सके सम्म संस्था नटुक्रिएको राम्रो तर असुन्तुस्ट पक्षहरूले पुन मगर समाज खोलेर गए पनि उहाँहरूलाई रोक्न नमिल्ने निर्णय सुनाए । त्यस्पस्चात स्थितिमा केही सुधार आएको थियो र पुरानो कार्यसमिती बिगटन  र निर्वाचन मन्डललाई बाँकी जिम्मेवारी दिएको घोषणा गरिएकोथियो ।  

 


अध्यक्षद्वारा  कार्यसमिती बिघटन  भएको घोषणा पछि भने कार्यक्रम संचालक तथा सचिव टेक राम्जाली पुन मगरले अव चयन् हुन लागेको नयाँ कार्य समितिले पनि संस्थाको नाममा मगर शब्द नराख्ने निर्णय गरेको हुँदा असन्तुस्टी जनाउदै मगर शब्द बिना पुन थर बिशेषको संस्थामा बस्न आफ्नो नैतिकताले नदिने हुनाले अब चयन् हुन लागेको नयाँ कार्य समितिमा बस्न नचाहेको लिखित निवेदन निर्वाचन मन्डल प्रमुख समक्ष पेश गरेपछि कार्यक्रमको अन्त्य तीर अझ तिक्तताको अनुभव गरिएको थियो ।  कारण निवर्तमान सचिव रामजाली स्वंय  सबै निर्बिरोध उम्मेद्वारहरू मध्ये उपाध्यक्ष पदको लागि सिफारिस गरिएको एक उम्मेद्वार थिए ।  उनको लिखित निवेदन पछि उक्त दिनको निर्वाचन  मन्डलले एक अर्का सदस्यलाई उक्त रिक्त पदमा उम्मेद्वारी बनाई पूर्ण कार्य समितिको घोषणा गर्दै बरिस्ठ सल्लाहकार चन्द्र बहादुर पुन मगरले एक बहादुर पुनको अध्यक्षमा गठित नयाँ कार्य समितिलाई सपथ ग्रहण गराई कार्यक्रम सम्पन्न गरिएको थियो  भने पुन मगर पक्षधरहरूले १ जनवरीको दिन पारेर पुन मगर समाज युकेको स्थापना गरेका छन् ,जसको प्राम्भिक समितिमा निम्न लिखित व्यक्तिहरू चयन्  भएका थिए ।

अध्यक्ष-  मन विर पाइजा पुन मगर

सचिव – मन बहादुर पुन मगर

कोषाध्यक्ष –  तुल चन्द्र  तिलिजा पुन मगर

सदस्यहरु :  गण बहादुर तिलिजा पुन मगर ,

हरि फगामी मगर , 

इन्द्रमान खोरजा पुन मगर ,

बल पुर्जा पुन मगर

 यसरी मगर शब्दलाई आफ्नो संस्थाको नामाकरणमा राख्ने वा नराख्ने भन्ने बिबाद नेपालबाटै आएको देखिन्छ । त्यहाँ पनि यस बारे दुई मत देखिन्छ ।  पुन समाज नेपालमा पनि यस सम्बन्धमा घम्साघम्सी हुँदै आइरहेको छ । यहि  विवादका  कारण पुन समाज नेपालको गत साल २९ जनवरीमा भएको दोश्रो अधिवेसन पनि ठुलो विवादका कारण   बिनानिस्कर्ष टुङिगएको थियो । यसरी यहि विवादका कारण महाधिवेसन पटक पटक स्थगित हुँदै आइरहेको छ भने पुन थरलाई मगरबाट अलग्याई आदिवासी जनजातीमा  दर्ता गर्ने कसरत हुँदै आएपनि उनिहरुको त्यो अभिष्ट पुरा हुन सकेकोछैन । बहुसंख्यक पुनहरू मगर नै हो भन्नेमा एक मत भएपछि पुन समाजमा भाडभैंलो ल्याउन चाहने केहि ब्यक्तिको  समाज भाड्ने रणनिती भने  तुहिदै गएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %