मगर संघ कतारको साहनिया एरिया समिति पुनर्गठन

Read Time:3 Minute, 17 Second

कतार ,   

नेपाल प्रवासी मगर संघ दोहा कतारले २०१३ डिसेम्बर १३ तारिकका दिन दिपक घर्ती मगरको सभापतित्व तथा गजिन्द्र थापा मगरको सञ्चालनमा केन्द्रिय समितीका द्धितीय उपाध्यक्ष शेर ब. रोका मगरको प्रमुख आतिथ्यमा, केन्द्रिय समितीका कोषाध्यक्ष लिलम्बर चिदी मगर, सह कोषाध्यक्ष कृष्ण राना मगर, सदस्यहरु केशब राना मगर र अभिमत पुन मगरको आतिथ्यमा साहनिया एरिया भेला गरी दिपक घर्ती मगर(सल्यान)को अध्यक्षतामा ९ सदस्यीय नेपाल प्रवासी मगर संघ, साहनिया एरिया समिती दोहा कतार पुनर्गठन गरेको छ ।

उक्त एरिया समितीमा उपाध्यक्षमा दिल कुमार मगर (धनकुटा), सचिवमा गजेन्द्र ब. दर्लामीथापा मगर (डडेल्ढुरा),  कोषाध्यक्षमा अर्जुन राना मगर (दाङ), सदस्यहरुमा हेम रिखाम मगर (उदयपुर), मान ब. घर्तीमगर (रोल्पा), युवराज थापा मगर (तनहुँ), सर्बसम्मत निर्वाचित भएका छन् ।

कार्यक्रमको औपचारिकता संगै शुरु भएको उक्त भेला कार्यक्रममा दिल कुमार मगरले  स्वागत गरेपछी अतिथीहरु अभिमत पुन मगर, केशब राना मगर, कृष्ण राना मगर र लिलम्बर चिदी मगरले मन्तब्य राखेका थिए ।  मन्तब्यको क्रममा बक्ताहरुले मगर  संघको बारेमा चर्चा गर्दै साहनिया एरिया समिती शुरुवात देखी नै रचनात्मक कार्यहरु गर्दै आईरहेको र आगामी दिनहरुमा पनि अझ उत्कृष्ठ कार्यहरु गर्ने आशा ब्यक्त गर्दै शुभकामना पनि दिएका थिए। कार्यक्रमकै शिलशिलामा प्रमुख अतिथी शेर ब. रोका मगरले संघको वर्तमान अवस्था बारेमा जानकारी दिएकाथिए ।

अन्तमा सभापतिले धन्यवाद सहित कार्यक्रमको अन्त्य गरेका थिए । कार्यक्रमकै शिलशिलामा बन्दशत्र कार्यक्रममा शेर ब. रोका मगरको संयोजकत्व तथा लिलम्बर चिदी मगर र कृष्ण राना मगर सदस्य रहेको निर्वाचन समितीले पदाधिकारीहरु सर्बसम्मतले निर्वाचित गरेपछी संयोजक शेर ब. रोका मगरले निर्वाचित पदाधिकारीहरुलाई शपथ खुवाएका थिए । अन्तमा निर्वाचित समितीका अध्यक्षले निर्वाचनमा सहयोग गरेकोमा खुशि ब्याक्त गर्दै धन्यबाद मन्तव्य राखेका थिए । साथै उक्त एरिया समितीको सोही दिन बसेको पहिलो बैठकले मनोज सारु मगर (पाल्पा) प्रमुख, घनश्याम पुनमगर (सुर्खेत) र भरत लुङ्गेलीमगर (धनकुटा) सदस्य रहेको एक सल्लाहकार समिती पनि गठन गरेको छ ।

अभिमत पुनमगर, कतार

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %