जनआन्दोलनको अपमान भए खबरदार ?

Read Time:4 Minute, 35 Second

संविधान सभा भाग-२ को निर्वाचन संपन्न भएको दुई महिना बित्न लाग्दा पनि दलहरू नयाँ सरकार गठन गर्नेतिर ध्यान दिन सकेका छैनन । समानुपातिक सुची बुझाउने समय पटक-पटक थपेर जसो तसो नामावली निर्वाचन आयोगमा बुझाए तर समानुपातिक सभासद छान्ने प्रक्रियामा दलका शिर्ष नेताहरुले पार्टीलाई योगदान गरेकालाई भन्दा आफ्ना नातेदार , श्रीमती र पार्टीलाई रकम दिएर सहयोग गर्नेहरूलाई सिफारिस गरे पछि सबै दलहरूको समानुपातिक सभासद छनोट प्रक्रिया बिवादरहित हुन सकेन । बिवाद मिलाउन नसके पछि रा.प्र.पा नेपाल फुटन पुग्यो ।

 

उता एमालेकि नेतृ’२०६० पुस २३ गते रत्नपार्कमा पुलिस बाट बेस्सरी कुटिएकी र शरीर पूरै रगताम्य भएको रामकुमारी झाँक्री जस्ता विद्यार्थी आन्दोलनका होनहार युवा नेतृ हरूलाइ एमालेले चटक्कै भुलेर समानुपातिकमा सभासद् बनाउन सकेन ।

चुनावको मुखमा माओवादीले गरेको बन्दलाई प्रतिकार गर्दै जनता भोट खसाल्न पुगेका थिए । छिटफुट घटना बाहेक चुनाव शान्ति पूर्ण रुपमा संपन्न भएको थियो । एक बर्ष भित्र संबिधान बनाउने दलहरूले निर्वाचन अघि गरेको बाचा निर्वाचन सकिए पछि भुल्न थालेको आभास हुदैछ । ठुला दलका शिर्ष नेताहरूले आफ्नो दलले सम्मान जनक स्थान नपाए प्रतिपक्षमा बस्ने धम्की पूर्ण भाषा बोली राखेका छन । सबै दलहरू कुर्सी मोहबाट टाढा रहन सकेका छैनन भन्ने कुरा उनिहरुको बोलीबाट प्रस्ट बुझिन्छ ।

आउदो सरकार कुन दलको नेतृत्व बनाउने र प्रधानमन्त्री कसलाई बनाउने भन्ने कुराको टुङ्गो लगाउन ठुला दलहरूलाई बाह्र बज्ने पक्का छ । नेपाली काँग्रेस या एमाले जुन दलको नेतृत्वमा सरकार बनाए पनि ती दुई दल भित्र नै को प्रधानमन्त्री बन्ने भनेर तिब्र बिवाद छ । समय घर्की सक्दा पनि दलहरू नयाँ सरकार गठन गर्न अग्रसर नहुदा एक बर्ष भित्र संबिधान लेखिएला भनेर नेपाली जनताले कुन आधार बिश्वास गर्ने यो प्रश्न आफैमा गहन छ ।

काँग्रेस या एमाले जुन दलको नेतृत्वमा सरकार भने पनि अगाडीको बाटो पक्कै सजिलो छैन । राजतन्त्र र हिन्दु राष्ट्रको ओकालत गर्दै आएको रा.प्र.पा नेपाल चौथो शक्तिको रुपमा उदय भएको छ । उता देश धर्मनिरेपक्ष घोषणा भैसकेको छ । माओबादीले सिमान्तकृत बर्गको नीम्ति भन्दै १५ बर्ष देश जनयुद्धमा होम्यो । हजारौं जनताको रगतको खोलो बग्यो । माओबादीले झोसेको जातिय आगो र कमल थापाले झोसेको धर्मको आगोलाई आगामी सरकारले सेफ ल्यान्डिङ गरेन भने देश कता जाला अनुमान गर्न कठिन छैन । बिभिन्न देशहरुमा जातिय र धर्मको नाममा ठुला-थुला दंगा भएका धेरै उदाहरण छन ।

सबै दलहरूले कुर्सी मोह त्यागेर सबै दलहरूको सहमतीमा नयाँ सरकार गठन गरेर अब बन्ने संबिधानमा सिमान्तकृत बर्ग , दलित , मधेशी , जनजाति , अपाङग , तेस्रो लिङ्गी र समाजमा पछि परेका सम्पुर्ण तह र तप्काका बर्गको अधिकार सुनिस्चित गरियोस । एक बर्ष भित्र नै संबिधान लेखेर नयाँ नेपाल बनाउनतिर लाग्नु पर्छ् । यदि यसो गरिएन भने नेपालमा पनि आम आदमी को जन्म नहोला भन्न सकिन्न । सबैमा चेतना भया !

निश्चल काउचा /द.कोरीया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %