सिन्धुपाल्चोक,
सिन्धुपाल्चोकको साँगाचोक २ निवासी इन्द्रबहादुर तामाङलाई गाई काटेको अभियोगमा बुधबार स्थानीय प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार तामाङलाई प्रहरीले खुकुरी एक थान, गाईको मासु २० किलो र डेक्ची क थानसहित पक्राउ गरेको हो । स्थानीय सोमबहादुर तामाङको घरमा इन्द्रबहादुर समेतका ३ जनाले बुधबार बिहान गौहत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी साँगाचोकबाट प्रहरी टोली उक्त स्थानमा पुग्दा उनीहरुले प्रहरी टोलीमाथि नै खुकुरी प्रहार गर्न खोजेको प्रहरीको दाबी छ । यस क्रममा एक राउण्ड हवाई फायरसमेत गरी तामाङलाई नियन्त्रणमा लिएको र फरार रहेका अन्य व्यक्तिहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । गौ हत्या घटनले उब्जाएका प्रश्नहरु
१) गाई मारेर मासु विफ स्टिकको नाममा गाईको मासु पकाएर बेच्ने ५ तारे होटल मालिक वाहुनलाई गिरफतार नगर्ने तर गाउँका सोजा सिधा आदिवासीलाइ मरेको गोरुको मासु खाँदा पनि गाई मारेको अभियोग लगाएर किन गिरफतार गर्छन ?
२) अष्ट्रेलियका राष्ट्रिय जानवर काङ्गगारु हो तर अष्ट्रेलियमा काङ्गगारु मार्न र मासु खाना कानुनी बन्देज छैन । भारतको राष्ट्र जानवर बाघ हो तर भारतमा अनुमति लिएर शुल्क तिरेर नेशनल पार्कमा बाघ मार्न पाईन्छ । नेपालमा राष्ट्रिय जानवर गाई गोरु किन मार्न पाउदैन ?
३) धर्म निरपेक्ष राज्य नेपालको अन्तरिम संविधान २०६७ संग बाँझिएको हिन्दु राजा पृथ्वी नारायण शाहले लेखेको मुलुकी ऐन अहिलेसम्म किन खारेज भएन ?
४) संरक्षणको आवश्यकता भएको अती दुर्लभ जन्तु १ सिङ्गे गैडालाई राष्ट्रिय जानवर बनाउने र गाईलाई राष्ट्रिय जानवरबाट हटाए कसो होला ?
५) किराँती, मुश्लीम, क्रिष्टियन र हिमाली आदिवासी संस्कृति र आहरमा प्रतिकुल असर पर्ने गरेर गाईलाई किन राष्ट्रिय जानवर किन बनाउनु प¥यो ?
६) हिन्दुहरु र खस आर्यले मात्र गाई गोरु मार्न नपाउने र मासु खान नपाउने तर अरु जाती र धर्मलाई यो कानुन लागु नहुने बनाए कसो होला ?
७) गौ हत्याको अभियोगमा आदिवासी जनजाति गिरफतार गर्नु धर्म निरपेक्ष राज्यको उपहास हुने भएकोले गौहत्याको अभियोगमा जेलमा भएका सबैलाई विन शर्त तत्काल रिहा गरे कसो होला ?
८) विदेशमा विफ स्टिक र हट डगको नाममा गाई गोरुको मासु खाने खस आर्य मित्रले नेपालमा गौ हत्याको अभियोगमा आदिवासी जनजातिलाई गिरफतार गर्ने कानुनको किन विरोध नगरेको ?
आंकाजी
