मनोज घर्तीमगर पोखरा,
कास्की जिल्लाका विभिन्न संघ संस्था, विद्यालय, नृत्य प्रशिक्षण केन्द्रमा नृत्य सिकाउने प्रशिक्षकहरु संगठित भएका छन । लोक, आधुनिक, शास्त्रीय, बि–बोइङ लगायतका नृत्य प्रशिक्षको सोमवार भएको भेलाले अनुशीलन कला पाठशालाका सञ्चालक तथा प्रशिक्षक गोरे गुरुङको संयोजकत्वमा ७ सदस्यीय प्रारम्भिक पहल समिति गठन गरेको छ ।
नवगठित सदस्यहरुमा अरमान गुरुङ, राजबहादुर गुरुङ, सुवास राई, अमन तामाङ, राहुल थापामगर र प्रिति गुरुङ छन् । भेलाले समितिको सल्लाहकारहरुमा सँस्कृतिकर्मी बुद्धिमान दुरा(धम्पु), मेनकाजी गुरुङ र पदमराज ढकाललाई चयन गरेको छ । समितिले विशुद्ध नृत्य प्रशिक्षकहरुलाई संगठित गर्दै नृत्य प्रशिक्षक एवं कलकारका पेशागत हकहित, अधिकारका लागि क्रियाशील रहने निर्णय गरेको छ । भेलामा ५३ जना प्रशिक्षकहरुको उपस्थिती थियो ।
