राष्ट्रिय जनमुक्ति पार्टीले सामानुपतिक तर्फको संबिधान सभा सदस्य पदका लागि पार्टीका बरिष्ठ उपाध्यक्ष शिबलाल थापा मगर र संघीय परिषद सदस्य होमाया गुरुङलाई शिफारिस गरेको छ । प्रत्यक्ष तर्फ कुनै स्थान हाँसिल गर्न नसके तापनि सामानुपतिक तर्फ दुईवटा सीट पाउने भएपछि थापा र गुरुङलाई संबिधान सभामा पठाउन लागेको हो ।
मंसिर १९ देखि २१ गते सम्म धोबिघाट सिद्धार्थ कटेजमा संचालन भएको पार्टीे केन्द्रिय समितिको बैठकले थापा र गुरुङ पठाउने निर्णय गरेको हो । कसलाई सिफारिस गर्ने भन्ने बारे पार्टी भित्र सर्बसम्मत हुन नसकेपछि लोकताँित्रक पद्दति अनुसार प्रकृयागत रुपमा जानु परेको थियो । छनौट भएका थापा र गुरुङको नामवाली आईतबार सम्म निर्बाचन कार्यालयमा बुझाउने कुरा पार्टी स्रोतले बताएका छन ।
–खडक आले मगर तनहूँ
