मोरङ र ताप्लेजुङमा २ सय ८७ उम्मेदवार जमनत जफत

Read Time:3 Minute, 17 Second

मंसिर ४ गने सम्पनन दोश्रो संविधान सभाको निर्वाचनमा मोरङमा २ सय ७० र ताप्लेजुङमा १७ उम्मेदवारको जमनत जफत भएको छ । मोरङमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरि दुईसय ७० जनाले उम्मेदवारी दिएको दुई सय ३९ जनाको जमानत जफत भएको हो । नौ वटा निर्वाचन क्षेत्र रहेको मोरङका ३१ जना उम्मेदवारले मात्र जमानत जोगाएका छन । निर्वाचन आयोगले  कुल खसेको सदर मतको १० प्रतिसत भन्दा कम मत पाउने उम्मेदवारको जमानत जफत हुने प्राबधानको ब्यवस्था गरेको थियो ।

प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम अनुसार प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र एकिकृत नेकपा माओबादीका उम्मेदवारहरु मध्ये अधिकांशले जमानत जोगाएपनि क्षेत्र नम्बर ५ मा भने एमालेका रामलाल शाह र एमाओबादीका बालेश्वर कामतको जमानत जफत भएको छ । शाहको ६ दशमलव २२ र कामतको ९ दशमलव १७ प्रतिसत मात्र मत आएको छ ।

यसैगरी ताप्लेजुङ जिल्लामा प्रत्यक्ष तर्फ उठेका २३ उम्मेदवार मध्ये १७ को जमानत जफत भएको छ । जिल्लामा १३ पार्टीका २३ जना उम्मेदवार उठेका थिए । उनीहरु मध्ये नेकपा एमालेका भूपेन्द्र थेबे र डम्बरध्वज तुम्बाहाम्फेले विजय हासिल गरेका छन् भने अन्य पार्टीहरु नेपाली काग्रेसका लिला देबी बोखिम र प्रतापप्रकास हाङगाम, एमाओबादीका सञ्चपाल मादेन र टंक आङबुहाङ भने दोश्रो र तेश्रो पार्टी भएका छन् । जमानत जफत हुनेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अमिर मादेन र ईन्द्रप्रसाद थापा, राष्ट्रिय प्रजातन्त्र पा

र्टीका चन्द्र मादेन र सघीय राज्य परिषदका धनकुमार साम्यो र गजेन्द्र लिम्बु, संंघीय समाजबादी पार्टी नेपालका सुवास पालुङवा र योगराज लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीका पदमप्रकास याङदेन र यामकुमार आङबुहाङ, नेपाल परिवार दलका लक्ष्मी बिक र घनस्याम सिटौला को जमानत जफत भएको निर्बाचन कर्यालयका अधिकृत केशब घिमिरेले वताए । त्यस्तै मंगोल नेशनल अर्गनाईजेसन पार्टीका सरस्वति सुब्बा र राकुमार गुरुङ, संघीय गणतान्त्रिक पार्टीका रामचन्द्र पुरी र मधेसी जनअधिकार फोरम लोकतन्त्रिकका जसबहादुर लिम्बुको जमानत जफत भएको हो ।

भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %