नयाँ सभासदद्धारा आफनो गासबाट जनताको बास बनाउने

Read Time:2 Minute, 4 Second

संबिधानसभामा निर्वाचित भोजपुर र संखुवासभाका २ जना सभासदले आफ्नो तलवभत्ता गाउँको बिकास निर्माणमा खर्चने घोषणा गरेका छन् ।

सङ्खुवासभा क्षेत्र नं. २ बाट निर्वाचित नेपाली कांग्रेसका सभासद दीपक खड्का र भोजपुर क्षेत्र नं. १ बाट निर्वाचित एमालेका सभासद कृपाशुर शेर्पाले आफुले संबिधानसभाको सदस्य भए वापत राज्यबाट पाउने तलव भत्ता र अन्य सेवासुबिधा आफुले प्रयोग नगरी आफ्नै क्षेत्रको गाउँको बिकास निर्माणमा प्रयोग गर्ने घोषणा गरेका हुन । बिजयीसभामा  संखुवासभाको चैनपुरमा बोल्दै खड्काले सङ्खुवासभाको क्षेत्र नं. २ को १५ वटै गाबिसमा गाउँगाउँमा बिकास निर्माणका लागि आफ्नो सेवासुबिधा खर्च गर्ने बताए ।

संबिधान निर्माण गर्नु आफ्नो पहिलो जिम्मेवरी भए पनि जनताको पक्षमा रही स्थानीय क्षेत्रको बिकासमा लाग्ने उनले बताए । खड्का पहिलो पटक नेपाली कांग्रेशबाट संबिधानसभाको सदस्यमा निर्वाचित भएका हुन । यसैगरी भोजपुरको दिंलामा बिजयीसभामा बोल्दै नवनिर्वाचित सभासद कृपाशुर शेर्पाले आफुले राज्यबाट पाउने तलवभत्ता र अन्य सेवासुबिधा आफ्नो निर्वाचन क्षेत्रमै खर्च गर्ने बिश्वास्त पारे । राज्यले दिएको रकमले आफुलाई नपुग्ने र थप रकम आवस्यक परे राज्यबाटै मागेर जिल्लाको बिकासमा खर्च गर्ने शेर्पाले बताएका छन् ।

भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %