पाल्पामा सामानुपातीक तर्फ मत गतगणना सकिएको छ । आज सकिएको मतगणनामा नेपाली काँग्रेस ३६ हजार ७ सय ४ , नेकपा एमाले ३० हजार ९ सय ८१ र एकिकृत नेकपा माओवादीले १२ हजार ७ सय ११ मत प्राप्त गरेको छ ।
३ क्षेत्र रहेको पाल्पामा राप्रपा नेपालले १ हजार ९ सय १९, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ४ सय ४३, राष्ट्रिय जनमोर्चाले १ हजार ८८, राष्ट्रिय जनमुक्ति पार्टीले २ हजार ८ सय २६, अखन्ड नेपाल पार्टीले १ हजार ३१, नेकपा माले १ हजार ३ सय ३, दलित जनजाती पार्टी १ सय ७, नेमकिपाले ४५ मत प्राप्त गरेको छ ।
त्यस्तै संघिय समाजबादी पार्टी पाल्पाले १ सय ६२ मत ल्याएको छ ।
प्रत्यक्ष तर्फ भने पाल्पा क्षेत्र नम्बर १ र २ मा नेकपा एमाले र क्षेत्र नम्बर ३ मा नेपाली काग्रेस बिजयी भएको थियो । पाल्पाको तीनवटै क्षेत्रमा गरी १ लाख ६ हजार ९ सय ६६ मत समानुपातिक तर्फ खसेको थियो । जसमध्ये २ हजार २ सय ३६ मत वदर भएको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । १ लाख ४ हजार ७ सय ३० मत सदर भएको थियो ।
देब पचभैया,पाल्पा
