धनकुटा क्षेत्र नंं १ बाट राप्रपाका धर्मध्वज राई, खुम्बुवान राष्ट्रिय मोर्चाका नेपालका धन राई, खस समावेशी पार्टीका धनबहादुर बुढाथोकी, मधेसी जनधिकार फोरम लोकतान्त्रिकका रमेशकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीका लोकबहादुर लिम्बु, राप्रपा नेपालका घामलाल राई, राष्ट्रिय शिवसेना पार्टीका भक्तबहादुर तामाङ, राष्ट्रिय जनमोर्चा नेपालका तुलमान राई, संघिय लिम्बुवान राज्य परिषदका जितबहादुर राई र सोसल रिपब्लिकन पार्टीका गौरीकुमार अत्रीको जमानत जफत भएको छ ।
त्यसैगरी धनकुटा क्षेत्र नं। २ बाट नेपाली कांग्रेसका आनन्दसन्तोषी राई र संघिय समाजबादी पार्टीका राजकुमार राई, खुम्बुवान राष्ट्रिय मोर्चाका सुवास राई, खस समावेशी पार्टीका दुर्गाबहादुर न्यौपाने, सद्भावना पार्टीका जिवन फुयल, राष्ट्रिय जनमुक्ति पार्टीका नरबहादुर लिम्बु, राप्रपा नेपालका तेजबहादुर विष्ट, राष्ट्रिय शिवसेना पार्टीका सुभानसिं राई, राष्ट्रिय जनमोर्चा नेपालका एैराखमान लिम्बु, संघिय लिम्बुवाननेपाल परिवार दलका माधव पोखरेल, लिबरल डेमोक्रेटिक पार्टीका जितबहादुर थापा र संघिय गणतान्त्रिक समाजबादी पार्टीका बृत्तबहादुर तामाङको जमानत जफत भएको छ । खसेको मतको १० प्रतिसत मत प्राप्त गर्नु पर्ने निर्देशिका अनुसार उनीहरुको निर्वाचनका लागि राखिएको जमानत रकम ३ हजार सरकारी कोषमा जम्मा भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
धनकुटाको क्षेत्र नं. १ मा ३२ हजार ६६२ र क्षेत्र नं. २ मा २९७०० मत खसेको थियो । यी दुवै क्षेत्रमा ३० जना उम्मेदवार प्रतिस्पर्धा गरेका थिए ।
भैरव आङला, धरान
