धनकुटा ,
निर्वाचनमा सहभागी मतदाताको सुरक्षाको ग्यारेन्टी हुनु आवश्यक रहेको वुधवार एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । यु. एस. आइ. पि. काठमाडौको सहयोग हुसाडेक नेपाल धनकुटा र जिल्ला प्रहरी कार्यलय धनकुटाको सहकार्यमा आयोजित निष्पक्ष निर्वाचन आम नागरिकको सुरक्षा र सम्बोधनका उपायहरु विषयक अन्तरसंवाद कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
उनीहरुले मतदाताहरुले निर्वाचन भन्दा पनि आफ्नो सुरक्षाको अनुभूती गर्न पाउनु पहिलो कुरा रहेकोले समेत बताएका छन् । साथै उनीहरुले नागरिकको सुरक्षा प्रहरी प्रशासनले मात्र दिन नसक्ने भएकोले राजनैतिकदलहरुले पनि सुरक्षा दिनु पर्नेमा उनीहरुले जोड दिएका छन् । सो अवसरमा सहभागहिरुले निर्वाचनमा खटिने कर्मचारीले राजनैतिक हिसाव भन्दा माथि उठेर काम गर्न आवश्यक रहेको बताएका छन् । कार्यक्रममा हुसाडेक नेपाल धनकुटाका निवर्तमान अध्यक्ष विदुर सुवेदीले निष्पक्ष निर्वाचन , आम नागरिकको सुरक्षा र सम्बोधनका उपायहरु विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
हुसाडेक नेपाल धनकुटाका अध्यक्ष शम्भु खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, राजनैतिक दलका दलका प्रमुख तथा प्रतिनिधि , सञ्चारकर्मीहरुको सहभागीता रहेको कार्यक्रममा निर्वाचनमा सहभागीता भन्दा पनि निष्पक्षता लाई ध्यान दिनु आवश्यक रहेकोमा जोड दिएका छन् । कार्यक्रमको सञ्चालन हुसाडेक नेपाल धनकुटाका महासचिव पर्शुराम नेपालले गरेका थिए ।
सन्तवीर लामा
