तनहुँ ,
मंसिर १ , राष्ट्रिय जनमुक्ति पार्टी तनहुँले चुनावी प्रचार प्रसार अभियानलाई तिब्रता दिएको छ । चुनावी प्रचार प्रसार अभियानको अन्तिम दिन कोत्रेबाट आँबुखैरेनी सम्म मोटरसाइलक र्याली निकालेको छ । क्षेत्र २ अन्तगर्त दमौलीमा र आँबुखैरेनीमा कोण सभा सम्पन्न भएको राष्ट्रिय जनमुक्ति पार्टीले जनाएको छ । एक सय भन्दा बढी मोटरसाइकलहरुको सहभागितामा मोटरसाइकल र्याली निकालिएको हो । क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार हस्त बहादुर थापा र समानुपातिक उम्मेदवार ईन्द्र बहादुर मास्की मोटरसाइलक र्यालीमा व्यस्त रहेका छन् । आँबुखैरेनीमा सम्पन्न कोण सभामा क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार हस्त बहादुर थापाले आँबुखैरेनीबासीलाई आफ्रनो पार्टीलाई जिताउन आग्रह गर्नुभएको छ । थापाले संविधान सभाको निर्वाचनमा बिजय गराए जनमुखी संविधान जारी गर्ने उद्घोष गर्नुभएको छ । चुनावी नतिजा आफ्नो पक्षमा पार्न गाउँ गाउँमा गएर राष्ट्रिय जनमुक्ति पार्टीको चुनाव चिन्ह घरमा मतदान गर्न आग्रह गरेका छन् । जनजातीहरुको हक अधिकार सुनिश्चित गर्नका लागि आफुहरु चुनावी मैदानमा उत्रिएको थापाले प्रष्ट पार्नुभएको छ ।
– खडक आले मगर तनहूँ
