धनकुटा ,
जातिय मुक्ति, पुर्ण संघियता र जनसंख्याको आधारमा समानुपातिक समावेशी सिद्धान्तको मुद्धा उठाई रहेको राष्ट्रिय जनमुक्ति पार्टी धनकुटाले चुनाव प्रचार–प्रसारको क्रममा आज धनकुटाको क्षेत्र नं.१ अन्तर्गत हिले वजार, त्रिशुले र वेलहरा गाविसमा कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नं.१ का प्रतक्ष उम्मेदवार लोक आङ्गला लिम्वुले पहिचान र संघियताको मुद्धालाई उठाउने पहिलो पार्टी राष्ट्रिय जनमुक्ति पार्टी भएकोले जनमुक्ति पार्टीको चुनाव चिन्ह घरमा मतदान गर्न घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा आग्रह गरेका थिए ।
वेलहरा गाविसको वडा नं.१ अन्तर्गत धर्मशालामा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनमुक्ति पार्टी वेलहराका संयोजक जयवहादुर तामाङले गरेका थिए । पार्टीका जिल्ला अध्यक्ष हरी भक्त वान्तावा राईका अनुसार राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नं.१ अन्तर्गत वुधवार वुढीमोरङ्ग गाविस र क्षेत्र नं.२ अन्तर्गत तेलिया र तांखुवा गाविसमा कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रम आयोजना गरिने भएको छ । त्यसैगरी राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नं.२ का उम्मेदवार नरवहादुर माङ्गयक लिम्वुले पनि जिल्लाको मुर्तिढुङ्गा गाविस र परेवादिन गाविसमा कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रम समपन्न भएको वताएका छन् ।
सन्तवीर लामा
