समानुपातिक तर्फका ३०२ उम्मेरदवारी रद्द

Read Time:1 Minute, 9 Second

काठमान्डु ,

कार्तिक २९ ,निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेद्वारका अन्तिम नामावलि सुचि आज सार्वजनिक गर्दैछ । हिजो उम्मेद्वारी फिर्ता लिने समय सकिए पछि आज अन्तिम नामावलिको सुचि सार्वजनिक गर्न लागेको छ । हिजो वसेको निर्वाचन आयोगको वैठकले ३ सय २ जनाको  उम्मेरदवारी रद्द गरेको छ ।

रद्द हुनेमा  उमेर नपुगेका, उम्मेद्वार दर्ता विधि नपुगेका, समानुपातिक र प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका तथा दुई वटा दलहरुवाट सिफारिसमा परेकाहरुको उम्मेरदवारी रद्द गरीएको आयोगका प्रवक्त वीरवहादुर राईले जानकारी दिनु भयो । उम्मेरदवारी रद्द हुनेमा धेरै महिला  रहेका छन । आयोगमा समानुपातिक तर्फका लागि सबै दलहरुका गरी ११ हजार भन्दा वढि उम्मेरदवार परेको छ ।

रबि बुडा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %