पूर्वमा जनमुक्ति जनलहर

Read Time:1 Minute, 34 Second

राष्ट्रिय जनमुक्ति पार्टीले  चुनावी घरदैलो कार्यक्रमलाई अझ तीब्र र सशक्त रुपमा अगाडि बढाएको छ । घरदैलो कार्यक्रम अन्तरगत धरानको २,३,४,५,६,७,८,९,१०,११,१२,१५ र १६ नं. वडाहरुको कुनाकाप्चा सबैतिर पुगी कार्यक्रम सम्पन्न गरेको छ भने अन्य वडाहरुमा मंसिर १ गते बेलुकासम्ममा सम्पन्न गर्ने चुनाव प्रचारप्रसार समिति सुनसरीले जनाएको छ ।

जातीय, क्षेत्रीय र समानुपातिक प्रतिनिधित्व र भ्रष्टचारमुक्त नेपाल निर्माण गर्नको लागि राष्ट्रिय जनमुक्ति पार्टीको चुनाव चिन्ह ‘घर’ मा मतदान गर्न अनुरोध गर्दै सुनसरी क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेद्वार चन्द्रवहादुर खापुङहाङ घरघरमा पुगी रहेका छन् । बन्द हड्ताल सँधैको लागि वन्द गर्न र देश र जनतालाई आर्थिक उन्नतिले समुन्नत बनाउन पनि जनमुक्ति पार्टीलाई जिताउनु पर्ने वताउदै घरदैलो कार्यक्रम व्यापकरुपमा भईरहेको छ ।

 पुर्वका विभिन्न जिल्लाहरुमा  जनमुक्ति पार्टीको चुनावी जनलहर वढेको छ ।

भैरब आङ्ला ,धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %