भोजपुरे उम्मेद्वारलाई लक्षित गरि ग्रिनेट प्रहार

Read Time:1 Minute, 19 Second

भोजपुरका एकिकृत नेकपा माओवादी क्षेत्र नं. २ का प्रत्यक्षतर्फका उम्मेद्वार सुदन किरातीमाथि लक्षित गरि वुधवार विहान अपरिचित मान्छेहरुको समूहबाट ग्रिनेट प्रहार भएको छ ।

सदरमुकामबाट ३ घण्टा पैदल दुरी पश्चिम गोगने गाविसबाट हिजोको चुनावी सभा सकेर वुधवार कोट गाविसको कार्यक्रमको लागि फर्कने क्रममा कोट र गोगनेको बीचमा पर्ने गोगने खोलामा उम्मेद्वारसहितको टोलिलाई लक्षित करिब १ घण्टा अगाडी २ वटा ग्रिनेट प्रहार गरिएको एनेकपा माओवादीका जिल्ला ईन्चार्ज शिव प्रधानले जानकारी दिए ।

बम विस्फोट भएपनि सबैजना सकुशल रहेको भोजपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक राधाकृष्ण पराजुलीले घटनास्थलतर्फ व्यापक सुरक्षाकर्मी परिचालन गरिएको तथा आक्रमणकारीहरुको खोजी भईरहेको वताएका छन् ।

भैरब आङ्ला

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %