जनमुक्तिलाई व्यापक जन समर्थन

Read Time:4 Minute, 30 Second

बुटवल ,

राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारहरु घरदैलो गर्ने क्रममा व्यापक जनसमर्थन प्राप्त भएको छ । संविधान सभाको निर्वाचन नजिकिदै जादाँ राजनैतिक दलहरु घरदैलोमा व्यस्त छन् । त्यस्तै विभिन्न राजनैतिक दलहरु आफ्नो पक्षमा भोट माग्नका लागि दौडधुप गरिरहेको बेला राष्ट्रिय जनमुक्ति पार्टीका नेता तथा कार्यकर्ता  पनि दलबल सहित चुनावी प्रचारमा जुटेका छन् ।

प्रचार प्रसारका क्रममा व्यस्त देखिएका जनमुक्ति पार्टीका उम्मेदवार र कार्यकर्ताहरु जितको नजिक रहेको भन्दै उत्साहजनक रुपमा घरदैलो गर्न ब्यस्त देखिन्थें । रुपन्देही क्षेत्र नं.२ का प्रत्यक्ष उम्मेदवार सूर्यकुमार सारु पनि बिहान ५ बजे देखि राति १२ बजे सम्म चुनावी भेटघाट तथा प्रचार –प्रसारमा व्यस्त छन् । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका क्षेत्र नं १ का उम्मेदवार दलबहादुर विरकट्टा, क्षेत्र नं. ३ का उम्मेदवार झम बहादुर गुरुङ्ग, क्षेत्र नं.४ का उम्मेदवार भिम बहादुर राना, क्षेत्र नं. ५ बोम दर्लामी, क्षेत्र नं.६ का उम्मेदवार जोहर अली  र क्षेत्र नं. ७ का उम्मेदवार सुर्दशन यादव पनि चुनावी प्रचार–प्रसारमा व्यस्त देखिन्छन् । राष्ट्रिय जनमुक्ति पार्टीले पहिलो पटक रूपन्देहीको ७ वटै क्षेत्रबाट उम्मेदवारी उठाएको हो । त्यसैले पनि तुलनात्मक रुपमा विगतमा भन्दा यस पालि बलियो देखिएको छ ।

जनमुक्ति पार्टी विगत २३ वर्ष देखि पूर्ण पहिचान सहितको संघीयता, जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व जस्ता मुल मुद्दालाई उठाएको हुदाँ जनताहरुले व्यापक समर्थन गरेको जनमुक्तिका उम्मेदवारको दाबी छ ।   

त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीमा नेकप एमाले, कांग्रेस र माओवादीबाट जनमुक्ति पार्टीमा प्रवेशको लहर लागेको छ । त्यस्तै  शुक्रबार रुपन्देही–क्षेत्र नं. २ प्रचार–प्रसारको क्रममा भएको  विभिन्न कार्यक्रममा एमाले, कांग्रेस र एमओवादी परित्याग गरी १९८ जना युवा कार्यकर्ताहरु जनमुक्तिमा पार्टी प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गर्ने कार्यकर्ताहरुलाई उम्मेदवार सुर्यकुमार सारुले पार्टी सदस्यता वितरण गर्दै स्वागत गरेका थिए । मधवलिया गाविस भैरहवा वडा नं. ३ र ९ मा घरदैलो कार्यक्रममा गरेका छन् । यता रुपन्देही  क्षेत्र नं. ४ मा त्यस्तै प्रभाव परेको छ ।

राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नं. ४ ले शुक्रबार पर्राेहा गविसमा पनि घरदैलो कार्यक्रममा सेरुवा, बक्सर, कुश्मा, लेडुवा, रन्यौरा, लखनपरा, बर्मडाडा व्यापक जनसमर्थनका साथ प्रचार  सम्पन्न गरेको छ । त्यस्तै बुटवल नगरपालिका वडा नं. १० मा प्रचार–प्रसार सचिवालयको प्रमुख अतिथि पार्टीका महासचिव केशव सुर्यवंशीले उद्घाटन गरेका छन् । क्षेत्र नं. ४ का अध्यक्ष नन् कुमार सारुको अध्यक्षता, उपाध्यक्ष सुसिला सिंजाली मगरको स्वागत र सचिव चेत बहादुर रानाको संचालनमा बुटवल नगरपालिका वडा नं. १० मा प्रचार–प्रसार सचिवालय राखिएको छ ।

कमल चौधरी ,बुटवल

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %