बर्दिया ,
कार्तिक २४ ,नेपाली काँग्रेसका सभापति सुशील कोईरालाले लोकतन्त्रको विकल्प नभएकोले काँग्रेसको जित आवश्यक भएको बताउनु भएको छ । लोकतन्त्र र निर्वाचनलाई नस्वीकार्ने राजनीतिक तत्वलाई समेत राजनीतिक मूलधारमा ल्याउने काम काँग्रेसले नै गरेको भन्दै बाँके क्षेत्र नम्वर ३ का उम्मेदवार कोइरालाले संविधान सभामार्फत लोकतान्त्रिक पद्धतिलाई स्थापीत गरेर नयाँ संविधान दिनुपर्ने कुरामा जोड दिनु भयो । संविधान सभामा काँगे्रसले नेतृत्व नगरेकै कारण लोकतान्त्रिक संविधान जारि नभएको भन्दै अवको निर्वाचनमा काँग्रेसले जित्नुको विकल्प नभएको दावी गर्नुभयो । नेपाली काँग्रेसले आज बर्दियाको गुलरियामा गरेको आमसभालाई सम्बोधन गर्दै सभापति कोइरालाले विकासका पूर्वाधार र दीर्घकालिन योजनाहरु काँग्रेसकै पालामा भएको भन्दै राजनीतिक स्थायित्व र विकाससँगसँगै गाडी बढाउन काँग्रेस मात्र सक्षम रहेको जिकिर गर्नुभयो ।
कार्यक्रममा काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खडकाले पहिलो संविधानसभा एकिकृत माओवादीको दम्भ र षडयन्त्रबाटै विघटन भएकाले अवको संविधानसभा निर्वाचनबाट काँग्रेसलाई जिताए मात्र लोकतान्त्रिक संविधान जारी हुने बताउनु भयो ।
एकिकृत माओवादीले एकल राज्यको नारा दिएर समाजलाई विखण्डन गर्ने दुस्साहस गरेको भन्दै उहाँले काँग्रेसले समाज सुहाउँदो संघियताको वकालत गरिरहेको उल्लेख गर्नुभयो । नेकपा माओवादीको बन्दका आहवानवीच सयौं कार्यकर्ता,समर्थकको उपस्थिती रहेको कार्यक्रममा काँग्रेस बर्दियाका सभापति एवं क्षेत्र नम्ब २ का उम्मेदवार सन्जय गौतमले बर्दियामा कृषि विश्वविद्यालय, गुलरिया –मुर्तिहा लाई मूल नाका सन्चालन गर्ने विश्वास दिलाउँदै आफुले जिते सांसद कोषको भत्तासमेत नलिने उदघोष गर्नुभयो ।
कार्यक्रममा बर्दिया क्षेत्र नम्बर १ का उम्मेदवार भुवनेश्वर चौधरी, क्षेत्र नम्बर ३ की सभाषद मालती सोढारी, बर्दिया बाँगे्रसका पूर्व सभापति अरुण प्रतापसिंह लगायतले सम्वोधन गर्नु भएको थियो । यस अघि सभापति कोइरालालाई ठाउँ ठाउामा भव्य स्वागत गरिएको थियो । दुई उम्मेदवार नै काँगे्रस प्रवेश
बर्दिया क्षेत्र नम्वरका दुई दुई उम्मेदवार नै काँगे्रसमा प्रवेश गरेका छन । बर्दिया क्षेत्र नं. २ का फोरम गणतान्त्रिकका प्रत्यक्ष उम्मेदवार राजकुमार बर्मा र जनजागरण पार्टीका उम्मेदवार सुभद्रा पौडेलले पार्टी र पद परित्याग काँगे्रसमा प्रवेश गरेका हुन । उनिहरुलाई आज गुलरियामा आयोजित सभामा काँगे्रस सभापति सुशिल कोइरालाले फूलमाला सहित सदस्यता प्रदान गर्नु भयो । यस्तै सोही समारोहमा विभिन्न पार्टी परित्याग गरि ३ सय ७४ जनाले काँगे्रस प्रवेश गरे । नव प्रवेशहिरुलाई सभापति कोइरालालले फलसहित स्वागत गर्नु भयो ।
दीपा आले, बर्दिया
