एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान बनाउन माओवादीलाई दुई तिहाई मत दिएर विजय गराउन जनताहरु मांझ अपील गरे । मेची महाकाली राष्ट्रिय जागरण अभियानका क्रममा नेपालगन्ज आएका अध्यक्ष प्रचण्डले
नेपाली कांग्रेस र एमाले पुराना पार्टी भएकाले जनताको अधिकार सुनिश्चित गर्न नसक्ने भन्दै माओवादी पाटीले मात्र जनताको अधिकारलाई ग्यारेन्टी गर्न सक्ने बताए । उनले भने, तपाईहरुले माओवादीलाई दुई तिहाइ मतले विजय गराउनोस् हामी संविधान लेख्छौ ।अधिंकाश मुस्लीम, मधेशी र थारु समुदायको बाहुल्यता भएको क्षेत्र भन्दै पछाडि परेका वर्ग क्षेत्र र जातिको पहिचानलाई अब बन्ने संविधानमा लेखिने समेत प्रतिबद्धता जाहेर गरे ।
प्रचण्डलाई कार्यक्रम स्थलसम्म ल्याउन र र फर्काउन कडा निगरानीका साथ प्रहरी र सशस्त्रले स्कर्टिगं गरेका थिए ।
दिपा आले, नेपालगंज
