पाल्पा,
२६ कात्तिक , नेपाली कांग्रेस पाल्पाले मुख्य निर्वाचन अधिकृतलाई भेटेर आचारसंहिता उल्लंघनसम्बन्धमा लिखित रुपमै ध्यानआकर्षण गराएको छ । कांग्रेसले आफुलाई जनताबाट सञ्चालित र सामुदायिक रेडियो भन्ने सामुदायिक रेडियो मदनपोखराले एकतर्फी रुपमा एमालेको प्रचार गरेको बताउँदै लिखितरुपमै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज दिउसो उजुरी गरेको हो ।
कांग्रेसको विज्ञापन प्रशारण गर्न दिँदा आचारसंहिताले मिल्दैन भन्दै बजाउन नमान्ने तर, एमाले उम्मेदवार सोमप्रसाद पाण्डेयको भने काठमाडौंवाट प्रशारण हुने कायाकैरन र अन्य समाचारको बीचबीचमा बजाउने, कांग्रेस लगायत अन्य पार्टीका समचारलाई खासै महत्व नदिएकाले उजुरी गर्न बाध्य हुनु परेको उजुरीमा उल्लेख गरीएको छ । संविधान सभा निर्वाचनको आचारसंहितामा समेत सञ्चारमाध्यमले एकतर्फी प्रशारण बिज्ञापन एबं समाचार प्रशारण गर्न नपाउने भन्ने रहेको र सामुदायिक रेडियोले त्यस्तो एकतर्फी गर्नु गलत भएको कांग्रेसले निष्कर्ष निकालेको छ ।
गाविसले सञ्चालन गरेको, राष्टिय तथा अन्र्तराष्टिय गैरसरकारी संस्थाको अनुदान लिएको, स्थानीय बासिन्दाबाट समेत सामुदायिक रेडियो सञ्चालन गर्न भन्दै रकम उठाउने गरेको तर, अहिले निर्वाचनका बेला एकलौटी रुपमा एमालेको समाचार र प्रचार गरेको कांग्रेसको निष्कर्ष रहेको छ । मुख्य निर्वाचन अधिकृत दयानाथ खरेलले रेडियोमा बजेको विज्ञापन र समाचारका विषयमा के भएको हो ? यस विषयमा लिखित रुपमै सामुदायिक रेडियो मदनपोखरालाई स्पष्टीकरण सोधिने आश्वासन दिनु भएको नेपाली काग्रेस पाल्पाले जानकारी दिएको छ ।
देब पचभैया
