बेलायतसंगै गोर्खा सत्याग्रह काठ्मान्डौमा

Read Time:1 Minute, 46 Second

२१ कार्तिक

ब्रिटिस–गोर्खा सत्याग्रह संघर्ष समिति, नेपालले बेलायती राजदुतावास  अगाडी (लैनचौर) मा  बेलायति भूपु सैनिकहरु जम्मा गरि १२ घन्टे रिले अनशन सुरु गरेको छ । सो अनसन सत्याग्रह संघर्षका संयोजक लालबहादुर घिसींग,सचिब राजेनराज राई र सदस्य प्रेम राई बाट सुरु भएको छ ।

 सो टोलीलाई  भिक्टोरिया क्रश विजेता क्यापटेन राम बहादुर लिम्बुले खादा र र दोश्रो विश्वयुद्धमा ६ बर्ष लडेर पेन्सन बिना खालीखुट्टा पठाईएका ९२ बर्षीय  योद्धा सर्वध्वज जिमी राईबाट फुलको माला लगाइ अनशन सुरु गरिएकोथियो । समितिका महासचिब सेरबहादुर घिसिंगले  स्वागत गरेका थिए ।

 संयोजक लालबहादुर घिसिंगले आन्दोलन बारे जानकारी र प्रवक्ता क्या० हिमाल राईले प्रेस बिज्ञप्ति पढेर सुनाएका थिए । क्या० रामबहादुर लिम्बु भिसी,सर्बध्वज राई,भिमबहादुर तावा लिम्बुले आ- आफ्ना मन्तब्य राखेका थिए । कार्यक्रम सस्थाका सचिब राजेनराज राइले गरेका थिए । सो अनशन र्काक्रममा भूपु सैनिकका छोरा,छोरीहरुले पनि भाग लिरहेका छन् । कार्यक्रम १२ बजे सुरुभै ३ बजे समाप्त भएको थियो ।

हुमबहादुर पचभैया मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %