पूर्वमा जनमुक्तिको चुनावी सरगर्मी तेज

Read Time:3 Minute, 46 Second

जति जति चुनाव नजिकिदै छ त्यतिनै चुनावी सरगर्मी चढदै गईरहेको छ । विभिन्न राजनितिक दलहरुले आ-आफनो प्रचार प्रसारलाई तिव्र वनाउन थालेका छन् ।  राट्रिय जनमुक्ति पार्टीले पनि आफनो चुनावी प्रचारप्रसारलाई तिव्रता दिएको छ । यहीक्रममा सुनसरीको पँचकन्या ७ स्थित नाम्जे, कन्ये पोखरी छेउ र भेडेटारमा राष्ट्रिय जनमुक्ति पार्टीको चुनावी कोण सभा सम्पन्न भएको छ ।

 कोणसभालाई सम्बोधन गर्दै सुनसरी क्षेत्र नं. १ का प्रत्यक्ष तर्फका उम्मेद्वार चन्द्रबहादुर लिम्बु खापुङहाङले नेपाललाई सधैंभरी अनिर्णयको बन्दीमा राख्न नहुने बताउँदै देशलाई चाँडोभन्दा चाँडो निकास दिनको लागि पनि संविधानसभाको निर्वाचन अनिवार्य भएको वताए । संविधानसभाको निर्वाचनबाट मात्र देश र जनताले परिवर्तनको अनुभुति गर्न सक्ने भएकोले यो निर्वाचनलाई सफल पार्न अनिर्वाय रहेको  खापुङहाङले बताए । उनले देशलाई सधैं अनिर्णयको बन्दीमा राखे देशमा ठूलो संकट आउने र गृहयुद्धसम्म हुने भएकोले यसबाट देशलाई बचाउन सबै राजनैतिक दल र नेपाली जनताको कर्तव्य भएकोले मंसीर ४ गतेको निर्वाचन जसरी भए पनि सम्पन्न गराउनु पर्नेमा जोड दिए । संविधानसभाबाटै देशमा पहिचान सहितको संघीयतामा रुपान्तरण गरी जातीय, क्षेत्रीय र समानुपातिक प्रतिनिधित्व र भ्रष्टचारमुक्त नेपाल निर्माण गर्नको लागि राष्ट्रिय जनमुक्ति पार्टीको चुनाव चिन्ह ‘घर’ मा आफ्नो अमूल्य मतदान गरी राष्ट्रिय जनमुक्ति पार्टीलाई जिताउन सबैलाई आग्रह समेत गरे ।

त्यस्तै धनकुटा क्षेत्र नं. १ का समानुपातिक उम्मेद्वार खडगप्रसाद पालुङवा (के.पी.) ले नेपाललाई संघीयतामा लैजानको लागि राष्ट्रिय जनमुक्ति पार्टीले पेस गरेको १२ प्रदेशहरु बैज्ञानिक रहेको तर्क पेश गरे । एकाइसौं शताब्दिको राज्य, एकाइसौं शताब्दिको शान्, आधुनिक नेपाल भित्र अरुणपूर्व लिम्बुवान्’ भने जस्तै अन्य प्रदेशहरुको पनि शान्, मान र छिटो विकास हुने बताउदै चुनाव चिन्ह घरमा निर्धक्क भएर मतदान गरी जातीय एवं क्षेत्रीय समानुपातिक प्रतिनिधित्व र संघीयता सहितको संविधान, भ्रष्टचारमुक्त नेपाल निर्माणको लागि राष्ट्रिय जनमुक्ति पार्टी मात्र एक पहरेदारको रुपमा रहेकोले विजय गराउन सबैलाई पालुङवाले आवहान गरे । यसरी राष्ट्रिय जनमुक्ति पार्टीले पुर्वको अन्य जिल्लाहरुमा पनि चुनावी प्रचार प्रसारलाई तिव्रता दिईरहेको राष्ट्रिय जनमुक्ति पार्टीले जनाएको छ ।

 

भैरब आङ्ला

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %