उदाउँदो सूर्यलाई अर्घ दिएर मिथिलाञ्चलको महान पर्व छठ विधिवत रुपमा सम्पन्न, तराईसहित काठमाडौका नदी किनारमा भब्य रुपमा मनाईयो । चार दिनसम्म हर्सोल्लासका साथ मनाइएको छठ पर्वको अन्तिम दिन आज व्रतातुले नदी, तलाउ तथा पोखरीलगायतका जलाशयमा बिहानै उदाउँदो सूर्यलाई अर्घ दिन्छन ।
सूर्यलाई अर्घ दिन बिहानै जनकपुर, विराटनगर, वीरगञ्जलगायत तराईका विभिन्न स्थान र काठमाडौंका रानिपोखरी, वागमती, कमलपोखरी, गोकर्ण र सुन्दरीजल किनारमा भक्तजनको घुईचो लागेको थियो । यसअघि छठको तेस्रो दिन हिजो व्रतालुहरूले दिनभर विभिन्न प्रकारका पकवान, केरा, स्याउ तथा उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साँझपख नदी तलाउमा गई अस्ताउदो सूर्यलाई अर्घ दिएका थिए ।
गएराति नदी, तलाउ तथा पोखरीको डिलमा जाग्राम बसेर भजन किर्तन गरिएको थियो । छठका अवसरमा व्रत बसी छठी माताको उपासना र आरधना गर्नाले चर्मरोग नलाग्ने, सन्तान प्राप्ति हुने र परिवारमा सुख, शान्ति तथा समृद्धि आउने विश्वास गरिन्छ । विशेष गरी तराई क्षेत्रमा मनाइने छठ केही वर्षयता राजधानीमा समेत धुमधामका साथ मनाउन थालिएको छ ।
आनन्द गुरुगं
