तिहारकै मुखमा फेरि जल्यो फुङलिङ

Read Time:3 Minute, 1 Second

तिहारका वेला पूर्वका बिभिन्न ठाँउमा भएको आगलागिवाट करोडौको क्षति भएको छ । ताप्लेजुङको सदरमुकाम फुङलिङमा दिउसो भएको आलगागिवाट ५ घर जलेर पुर्णरुपमा नष्ट भएका छन । आगलागिवाट फुङलिङ ७ की केसरी मादेन, भद्रवीर लिम्वू, दावाएन लामा, पृथ्वी साउदेन र कौसिला पङवाको घर पुर्णरुपले जलेर नष्ट भएको हो । केसरी मादेनको घरवाट सुरु आगो निभाउने क्रममा पाँचभन्दा वढि घर भत्काइएको छ । स्थानीयवासी, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीले आगोलाई नियन्त्रणमा लिएका हुन् । ताप्लेजुडमा दमकल नभएको र पानी पनि प्रसस्त नभएका कारण आगो नियन्त्रणमा समस्या भएको थियो । आगलागि सुरु भएको केसरी मादेनको घरमा अलैचि गोदाम र किराना पसल समेत  रहेका कारण करोड वढिको क्षति भएको अनुमान गरिएको छ ।आगो नियन्त्रण गर्नेक्रममा अरु घर पनि भत्काईएकाले आगलागिवाट के कति क्षति भयो यसवारेमा विवरण आईसकेको छैन ।
यसैबिच सुनसरीको दुहबी ७ मा विहान भएको आगलागिमा ५० लाख बराबरको क्षती भएको छ । स्थानिय बिमल भगवतको घरबाट सुरु आगोले उनका भाइ संजिब भगवत , बिनोद स्वर्णकार र अशोक चक्रवतीको घर र घरमा रहेको पसल समेत जलेर नष्ट भएको छ ।  आगो शशस्त्र प्रहरी नेपाल प्रहरी स्थानिय लगाएत  धरान ,इटहरी र बिराटनगरका दमकलले  ३ घण्टापछि निभाएका हुन ।
यसैबीच झापाको चारपाने ९ मा भएको आगलागिमा २५ लाखको क्षती भएको छ । गएराती बिद्युत सट भइ स्थानिय  राम बिमलीको घरमा भएको आगलागिमा घरमा भएका लताकपडा , ४ तोला सुन लगायत जल्दा सो परिणामको क्षती भएको  प्रहरीले जनाएको छ । यसैगरि उदयपुरको भुट्टार गाविस वडा नं ३ रामुटारमा राती भएको आगलागीमा १४ वटा घर गोठ पूर्णँ नष्ट भएका छन् । आगलागीमा परी स्थानीय अमरबहादुर मगर, हितबहादुर मगर, कुमार मगर, ध्वजवीर मगर र चक्रबहादुर मगरको घर पूर्णरुपले नष्ट भएको उदयपुरका प्रहरी उपरीषक अजय भट्टराईले जानकारी दिए । त्यस्तै आगलागीबाट अमृत मगर, मैना मगर, बबिन्द्र मगर लगायतका ग्वाली जलेका छन । राती ८ बजेदेखि सुरु भएको आगलागी करिब ३ घण्टापछि स्थानीयले नियन्त्रणमा लिएका थिए ।

भैरब आङ्ला, धरान
तस्वीरः राजेन्द्र श्रेष्ठ ताप्लेजुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %