पुर्वमा प्रशासनले कडा निगारानी राख्न थालेपछि निर्वाचन बहिस्कारको आन्दोलनमा सहभागि ३३ दलका मोर्चाका नेता तथा कार्यकर्ताहरु भूमिगत हुन थालेका छन् ।
नेकपा–माओवादी र मञ्च सम्बद्ध सङ्घिय लिम्वूवान राज्य परिषदका नेता तथा कार्यकर्ताहरु प्रशासनको थ्रेट भएको भन्दै भूमिगत भएका हुन् । उनीहरुले प्रयोग गर्दै आएको मोवाइल नम्बर समेत अफ गरिएको छ । कतिपय नेताहरुले भने अहिले नयाँ नम्बर बोक्न थालेका छन् ।
नेकपा माओवादीका अधिकांश जिल्ला इन्चार्ज, सह इन्चार्ज, नगर इन्चार्जहरु अहिले पत्रकारको समेत सम्पर्कमा छैनन् । नेकपा माओवादीका एक जना नेताका अनुसार अहिले उनीहरु उच्च सुरक्षा थ्रेटमा छन । उहाका अनुसार प्रसासनले फोन ट्रेस गरेकोले पनि भूमिगत भएका हुन । उहाँका अनुसार पार्टीको निती अनुसार नै आफुहरु भूमिगत भएका हुन् । भूमिगत भएपनि हामीले हाम्रो योजनालाइ थाँती राखेका छैनौ । अर्का एक जना केन्द्रिय सदस्यले बताए । बहिस्कारको अग्रणी मोर्चामा रहेको मञ्च सम्बद्ध सङ्घिय लिम्वुवान राज्य परिषदका कार्यकर्ताहरु समेत अहिले धमाधम पक्राउ पर्न थालेका छन् । पक्राउ नपरेकाहरुलाइ पनि प्रहरीले चुनाब सम्म कुनै पनि गतिबीधि नगर्ने भनिसकेको श्रोतको दावी छ ।
श्रोतका अनुसार निर्वाचनका बेला निर्वाचन बिरोधी गतिबीधि गर्न सक्ने आशङ्काले प्रहरीले मञ्चसम्बद सङ्घिय लिम्वुवान राज्य परिषदका कार्यकर्ताका पछाडी प्रहरी छ । केहि स्थानीय नेताहरुलाई प्रहरीले कार्यालयमा बोलाएर निर्वाचन सम्म चुप लागेर बस्न चेतावनी दिइएको छ । प्रहरीेले परिषदका दर्जनबढि नेता तथा कार्यकर्ताहरुलाइ पक्राउ गरिसकेको छ ।
भैरब आङ्ला, धरान
