पुर्वमा संविधानसभा निर्वाचनमा सहभागी उम्मेदवारहरुको गाडीलाई लक्षित गरी आगजानी गर्ने घटनाको सृखला वृद्धि भएको छ ।यसैक्रममा सुनसरी क्षेत्रनं २ की एकिकृत नेकपा माओवादीकि प्रत्यक्ष तर्फकी उम्मेरद्धार रामकुमारी चौधरीको गाडीमा गएराती आगजनी भएको छ । उमेद्वार चौधरीले प्रचार प्रसारका लागि प्रयोग गर्दैआएको को १ च ५८५१ नम्बरको गाडीमा आगजनी भएको चौधरीले जानकारी दिईन ।
इटहरी १ स्थित आफ्नै निवासमा पार्किङ गरि राखिएको गाडिमा नचिनेको समुहमा आएका पांच छ जनाले आगजनी गरेको बताईएको छ । आगजनीबाट गाडीको भित्री भाग पूर्ण रुपमा जलेर नष्ट भएको छ । चौधरीले आफ्नो जीत सुनिश्चित भएको अवस्थामा चुनावको बहिस्कार गर्ने दलहरुले आगजनी गरेको दाबी गरिन ।
इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायब उपरिक्षक बिद्यानन्द माझीले आगजनी गर्ने समुहको खोजी भैरहेको जानकारी दिए । यसैगरी उता मोरङको क्षेत्र नं ८ का उम्मेदवार एकिकृत नेकपा माओवादीको प्रत्यक्ष तर्फका उम्मेदवार गोपी आछामीको गाडीमा पनि आगजनी भएको छ । आछामीले चुनाव प्रचार प्रसारका लागि प्रयोग गर्दे आएको को १ च ६२७० नम्वरको गाडीमा गएराति अज्ञात समुहले आगजानी गरेको प्रहरीले जनाएको छ ।
अछामी वासवसेको ठाउमा राखिएको गाडीमा आगजानी गरिएको हो । आगजानीवाट गाडीमा सामान्य क्षति भएको वताईएको छ । यस्तै केही दिन अघि मात्रै नेपाली कांगे्रस धनकुटा क्षेत्र नं २ का आनन्द सन्तोषी राईको गाडीमा पनि अज्ञात समुहबाट आगजानी भएको थियो ।
भैरब आङ्ला, धरान
