सैनिक जवानको मृत्यू कि आत्महत्या

Read Time:1 Minute, 9 Second

नेपाली सेनाको पुर्वी पृतना मुख्यालयका एक सैनिक जवानको गोली लागी मृत्यू भएको छ । उनको कन्चटमा गोली लागेको छ । झापाका २३ बर्षीय हेमकुमार कटवालले बुधवार ड्युटीमा रहेका बेला आफैले बोकेको हतियार  एलएसडब्लु राइफलले आफनै कन्चटमा गोली हानेर आत्महत्या गरेको मुख्यालयले जानकारी दिएको छ ।

कटवाल ४ बर्ष देखि सैनिक पेसामा  थिए । जवान कटवालको शव पोष्टमार्टमको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको वताइएको छ । तर कटवालको मृत्यू गोली हानाहानको क्रममा भएको वताउनेहरु पनि छन् ।  नेपाली सेनाको पुर्वी पृतना मुख्यालयले आत्महत्या गरेको जनाएपनि घटना स्थलमा दुईवटा हतियार भेटिएको वुझिएको छ । मृत्यूको कारणवारे थप अनुसन्धान भईरहेको जनाईएको छ ।  

भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %