समाजवादी राईलाई झण्डै सिध्याएका एमाले राईले

Read Time:6 Minute, 3 Second

नेकपा एमालेको भातृ संगठन युवा संघका धरान नगर इञ्चार्ज दिवस राईले आफ्ना कार्यकर्तामाथि गोलि प्रहार गरेको भन्दै संघीय समाजवादी पार्टीले प्रहरीमा ज्यान मार्ने उद्योग र अवैद्य हतियारी प्रयोग गरेको भन्दै उजुरी दर्ता गराएको छ ।

उजुरीमा विहिबार विहान साढे चार वजे धरान ११ शान्तिचौकमा मासु पसलमा बसिरहेका समाजवादीको निर्वाचन परिचालन कमिटीका उपाध्यक्ष मदन तामाङ संग विवाद भएपछि दिवस राईले पेस्तोल निकालेर गोलि प्रहार गरेको उल्लेख छ । मदनले आफुलाई गोलि हानिएको भए पनि लाग्नबाट बचेको बताए । त्यसपछि आएका समाजवादीका जिल्ला उपाध्यक्ष पारस काङमाङलाई कञ्चटमा ताकेर प्रहार गरेपनि पारसले छलेर बचेको उजुरीमा उल्लेख छ ।

दिवसले समाजवादी पार्टीको झण्डा झिकेर जलाएपछि विवाद भएको स्थानीयवासीले जनाएका छन् । स्थानियवासीका अनुसार सुरुमा मासु पसलमा रहेको झण्डा झिकेर दिवसले जलाएपछि विवाद सुरु भएको हो । प्रहरीले घटनास्थलबाट दिवस राईले प्रयोग गरेको बा २ च ९७४५ नम्बरको सुर्य छाप सहितको जीप नियन्त्रणमा लिएको छ । हतियार र दिवस भने फेला नपरेकाले खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी टेकबहादुर तामाङले बताए ।

गोली प्रहार गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै संघिय समाजवादी पार्टी नेपालले धरानको भानुचौकमा चक्काजाम समेत गरेको छ । यस अघि पनि धनकुटामा ठेकेदार अपहरणको आरोपमा पक्राउ परेका दिवस पुर्व लागुऔषध प्रयोगकर्ता हुन् । त्यसअघि धरानमा युवाहरुबीच कटि हानाहान गर्न सक्रिय दिवसलाई एमालेले पार्टी प्रवेश गराएपछि उनि खुलेआम हिडिरहेका थिए । केही बर्षअघि धरान १८ शिवमार्गमा रिकोभरि युवासंग गोलि काण्डमा मुछिएका उनलाई एमालेले बचाएको थियो । उनले क्लासिक नामको जीपमा गुण्डाहरुको समुह नै लिएर बजारमा हुक्याउने गरेका छन् । जीपमा समेत सुर्य चिन्ह, नेकपा एमाले जिन्दावादी, युवा संघको झण्डा छाप बनाएका छन् ।

दिवस राई सहितको समुह फरार रहेकोले खोजी कार्य तिव्र वनाएको धरान प्रहरीले जनाएको छ । २४ घण्टा भित्रमा पक्राउ नगरीए कडा आन्दोलनको कार्यक्रम घोषणा गर्ने संघिय समाजवादी पार्टी नेपालले जनाएको छ ।

यसरी भो झडप (बिहानको समाचार)

सुनसरीको धरानमा नेकपा एमालेको भातृसंगठन युवासंघका युवाद्धारा संघिय समाजवादी पार्टी नेपालका सुनसरी उपाध्यक्ष पारस काङमाङ राई माथि गोली हान्ने प्रयास भएको छ ।

विहान ६ वजे धरान ११ को शान्ति चौकमा उनलाई युवासंघका धरान नगर ईन्चार्ज दिवस राईले कन्चटमा पेस्तोत तेस्र्याएर गोली हान्न पेस्तोल ताकेका कुरा पारस काङमाङले वताए । उनका अनुसार गोली आफुलाई हानेको भए पनि आफुले छलेर वचेको काङमाङले वताए । धरान ११ का एक जना संघिय समाजवादी निकट युवालाई आक्रमण गर्न युवासंघका केही युवाहरु पुगेको थाहा पाएपछि सम्झाउन पुगेका काङमाङ माथी मोटरसाईकल नियन्त्रणमा लिई गोली हान्ने प्रयास भएको संघिय समाजवादी पार्टी नेपालले जनाएको छ ।
सुनसरी निार्वाचन क्षेत्र नं १ निर्वाचन परिचालन कमिटीका उपाध्यक्ष मान वहादुर तामाङले स्थानीय केही युवालाइ संघिय समाजवादीमा प्रवेस गराएका थिए । त्यहि युवाहरुलाइ एमालेको भातृसंगठन युवासंघले पनि पार्टी प्रवेश गराउन पहल गरेका थिए । पार्टी प्रवेशकै कुरा लिएर दुइ युवा वीच विवाद भएको थियो । घटनास्थलमा तत्कालै प्रहरी पुगे पनि गोली चलाईएको हो की होईन भनेर पुष्टी भईनसकेको इलाका प्रहरी कार्यलय धरानका डिएसपी टेक वहादुर तामाङले जानकारी दिएकाछन ।
घटना स्थलमा दुवै पार्टीका झन्डा जलाइएको छ । त्यसैगरी युवासंघका कार्यकर्ताहरुले प्रयोग गरेको वा १ च ९७४५ नं जिप प्रहरीले नियन्त्रणमा लिएको छ । सो घटनाको वारेमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । संघिय समाजवादीका पारस र मदन तामाङले दिवस राइका विरुद्धमा ज्यान मार्ने उद्योग तथा अवैध हात हतियारको छानविनको माग गदै इलाका प्रहरी कार्यलय धरानमा जाहेरी दिएका छन । त्यही विषयमा एमाले पार्टीको अहिले वैठक वसीरहेको जनाईएको छ ।

 
भैरव आङला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %