खुकुरी प्रहारवाट मगर मारिए

Read Time:1 Minute, 6 Second

छिमेकीको खुकुरी प्रहारबाट मोरङको शनिश्चरेमा एक जनाको ज्यान गएको छ । शनिश्चरे –७ शिरिसे डाँडाँ बस्तीका ३५ बर्षका हर्कबहादुर मगरको छिमेकीले खुकुरी प्रहार गरी गएराती हत्या गरेका हुन् । राति साढे ११ बजे छिमेकी बुद्धिमान राईको अगुवाईमा गएका ३/४ जनाको समुहले खुकुरी प्रहार गर्दा मगर गम्भीर घाइते भएकाथिए  ।

उनको उपचारकाे क्रममा विहान  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । खुकुरी प्रहार गर्ने राईसहितका ब्यक्तिहरु फरार  छन् । प्रहरीले अनुसन्धानका लागि राईकी दिदीहरु सरु राई र पुनम राईलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

भैरव

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %